नेपाल तामाङ घेदुङ इजरायलले शिक्षाको लागि निमनुर्पु तामाङलाई बार्षिक पच्चीस हजार सहयोग प्रदान

याम्बु – नेपाल तामाङ घेदुङ इजरायल द्वारा गरिबी र बिपन्नताको कारण शिक्षाको उज्ज्यालोबाट बन्चित नहोस् भनी स्थापना गरेको तामाङ शैक्षिक अक्षयकोषबाट रसुवा जिल्ला आमाछोदीङमो गाउँपालिका कक्षा ८ मा अध्ययनरत छात्र निम नुर्पु तामाङलाई वार्षिक २५ हजार सहयोग गर्ने भएको छ |
यस अन्तर्गत प्रथम पटकनेपाल तामाङ घेदुङ आमाछोदिङमो रसुवा चिलिमेका अध्यक्ष फुर्बु छेवाङ तामाङ मार्फत पहिलो किस्ता बराबरको निम नुर्पु तामाङलाई ३ महिनाको लागि आवश्यक पर्ने सामाग्रीहरु खरिद गरेर श्री पार्वती कुन्ड माध्यमिक विद्यालय आमाछोदिङ्मो ४ गोल्जुङ्मामा हस्तान्तरण गरेको छ |
बर्षभर प्रत्तेक ३/३ महिनाको दरले ४ किस्तामा तामाङ शैक्षिक अक्षयकोषबाट नेपाली रुपैयाँ ६ हजार २ सय ५० रुपैयाँ शिक्षाको लागि तामाङ शैक्षिक अक्षयकोषबाट सहयोग गर्ने निर्णय भएको जानकारी संस्थाकी महासचिव अनिला मोक्तान तामाङले जानकारी दिनु भएको छ |
नेपाल तामाङ घेदुङ इजरायल द्वारा स्थापन गरेको तामाङ शैक्षिक अक्षयकोषको संयोजक सुन्दर सिंह लामा तामाङले निम नुर्पु तामाङको आर्थिक अवस्था बारे बुझेर बार्षिक रुपमा २५ हजार सहयोग गर्ने निर्णय गरेका हुन् |