हेडलाईन

बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै        

पोर्तुगलमा दुई नेपालीलाई अपहरण गरेको अभियोगमा चार जीएनआर सैनिकहरू पक्राउ

पोर्तुगल । विलि नोआ डे मिलफन्टेसमा खेतीमा काम गर्ने दुई नेपाली आप्रवासीहरूलाई अपहरण र आक्रमण गरेको अभियोगमा चार जीएनआर सैनिकहरूलाई पोर्तुगल सरकारको न्यायिक प्रहरीले पक्राउ गरेको छ ।

घटना सन् २०१८ अक्टोबरको हो। एन्टिन्जो, ओदिमेरा र विला नोवा डे मिलफन्टेसमा त्यतिबेला सुरक्षामा खटिएका चार जीएनआर सैनिकहरूलाई अपहरण र आक्रमण तथा दुर्व्यवहारको अभियोगमा पोर्तुगलको न्यायिक प्रहरीले बिहान पक्राउ गरेको थियो ।

कृषिमा काम गरिरहेका दुई नेपाली आप्रवासी र कृषि मालिकको बिचमा भएको बिबादमा जिएनआर प्रहरीले बिना कसुर शक्ति प्रदर्शन गरेको आरोप छ । नेपाली कामदार र कृषि माकिकको बिचमा बिबाद हुदा चिनजानको आधारमा कृषि मालिकको पक्षमा वकालत गर्दै नेपाली कामदारमाथि दुर्व्यवहार र शक्ति प्रदर्शन गरेकोले कारवाहीको लागि जिएनआर सैनिकहरुलाई पक्राउ गरेको पोर्तुगलको न्यायिक प्रहरीले जनाएको छ ।

आप्रवासी नेपालीहरुको वासस्थान पत्ता लगाएर रातिको समयमा नेपाली कामदारको घरमै गएर अपहरण शैलीमा जिएनआर सैनिकहरुले दुव्यवहार गरेको र भौतिक आक्रमण गरेको आरोप लागेको छ । शुरुमा एक जना सैनिक मात्रै नेपाली कामदारको वासस्थानमा गएतापनि पछि उनले फोन गरेर अन्य ३ सैनिकहरुलाई बोलाएर नेपालीमाथि दुर्व्यवहार गरेका थिए । नेपाली कामदारको बचाउमा आएका अर्का नेपालीलाई समेत अपहरण र दुर्व्यवहार गरेको आरोप चारै सैनिकहरुलाई लागेको छ ।
न्यायिक प्रहरीले पिडित नेपालीहरुको को–को थिए र खेती कम्पनीका मालिक को हुन् भन्ने बारेमा केही उल्लेख गरेको छैन । नेपाली खेती कम्पनीका मालिकहरुले आफ्नो भनसुन र व्यक्तिगत सम्बन्धका आधारमा जीएनआर सैनिकलाई प्रयोग गरी नेपाली कृषी कामदारमाथि दुर्व्यवहार र शक्ति प्रदर्शन गर्न लगाएको बिशेष श्रोतबाट जानकारी प्राप्त भएको छ ।

जीएनआरको यो ज्यादतीको बारेमा पिडितहरुले पोर्तुगलको न्यायिक प्रहरीलाई उजुरी गरेपछि लामो समयको अनुसन्धान र प्रमाणको आधारमा आज बिहानै ४ जना जिएनआर सैनिकहरुलाई पक्राउ गरिएको समाचार राजधानी दैनिकमा छ |

पक्राउ गरिएका चारै जना जीएनआर सैनिकहरुलाई कारवाहीका लागि भोली ओदिमेरा अदालतमा उपस्थित गराईदैछ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution