हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

पानीको मुहान मासेर क्रसर, नेतादेखि पत्रकारसम्मको लगानी

चितवन – निरन्तर पानी आइरहने घरअघिका धारामा पानी आउन छाडेपछि जुटपानीका स्थानीय अचम्ममा परे । भूकम्प जाँदा पनि नसुकेको पानीको मुहान १० दिनअघि एकाएक सुकेपछि कारण खोज्दै उनीहरू पानीको मुहान पुगे । १५ वर्षअघिदेखि उनीहरूले निरन्तर पिउँदै आएको पानीको मुहाननजिकै क्रसर उद्योगको संरचना बनाइएको रहेछ ।

खानेपानी सुकेपछि कालिका नगरपालिका जुटपानीका बासिन्दा आक्रोशित छन् । कालिका नगरपालिका वडा नम्बर ६ र ७ का आठ सय घरधुरीले पिउनेपानी नै बन्द भएको छ । साथमा दुईवटा विद्यालयले पनि त्यही स्रोतको पानी प्रयोग गर्दै आएको छ । मुहान संरक्षण गर्नुको सट्टा भएको पनि मास्ने क्रियाकलाप भएको स्थानीयको आरोप छ । बाँसघारी मझुवा र मझुवा बुलबुले गरी दुईवटा उपभोक्ता समतिले दुईवटा पानीका स्रोत प्रयोग गर्दै आएका छन् ।

क्रसरको पिलर खन्दा सुक्यो पानी

जुटपानी बजारबाट पाँच सय मिटरको दूरीमा कयर खोलातिर ठूलो मात्रामा नदीजन्य उत्पादन थुपारिएका छन् । ढुंगा, गिट्टी–बालुवा जम्मा गर्ने भनी लिइएको उक्त जग्गामा अहिले क्रसरका लागि पनि संरचना बनाउन थालेपछि स्थानीय र क्रसर व्यवसायीबीच विवाद छ । अनुमति नलिईकन खोल्न लागेको क्रसर बस्ती र विद्यालयनजिकै छ । यसको वातावरणीय प्रभाव मूल्यांकन पनि गरिएको छैन ।

क्रसरको फाउन्डेसन पिलर राख्न सात फिट गहिरो खनिएकाले पानीको मुहान सुकेको मझुवा बुलबुले खानेपानी उपभोक्ता समूहका अध्यक्ष ज्ञानु कुमालले बताए । ‘पानीको मुहानबाट ५० मिटर टाढा सात फिट गहिरो बनाएर खनियो,’ अध्यक्ष कुमालले भने । ‘क्रसर उद्योग सञ्चालन हुँदा पानीको मुहान नै सुक्यो भनेर मलाई पनि खबर आएको छ,’ जिल्ला समन्वय समिति चितवनका अध्यक्ष कृष्णकुमार डल्लाकोटीले भने, ‘अहिले क्रसर खोल्न पाइँदैन, त्यसमाथि पनि अनेकौँ मापदण्ड पूरा गर्नुपर्छ । त्यहाँको समस्याबारे आजभोलि नै अनुगमन गरेर समाधान गरिन्छ ।’

यो क्रसर उद्योग स्थानीय नेताहरूको नै भएको खुलेको छ । नौजनाको साझेदारीमा क्रसर खुलेको सञ्चालकमध्येका एक राजेन्द्र ढुंगानाले बताए । नेपाली कांग्रेस, नेकपा र राप्रपाका नेताको यसमा संलग्नता रहेको छ । उद्योगी व्यवसायी भेषराज दुवाडी, प्रह्लाद सापकोटा, दीपक पौडेल पनि यसमा संलग्न छन् । त्यस्तै, शिव थापा, मोहन दवाडी, रमेश दवाडी, राजेन्द्र ढुंगाना, यकेश भण्डारी, बलराम खनाल र केही पत्रकार पनि साझेदारीमा रहेको स्थानीयले बताएका छन् ।

मुहानको विकल्प बोरिङ

पानीको मुहान सुकेको भन्ने खबर थाहा पाएपछि उद्योगीहरूलाई बोलाएर वैकल्पिक व्यवस्थाका रूपमा बोरिङबाट पानी निकालेर खुवाउन भनिएको कालिका नगरपालिकाका प्रमुख खोमनारायण श्रेष्ठ (गोपी)ले बताए । क्रसर स्थापनाका लागि आफूहरूसँग कुनै सल्लाह वा सिफारिस नदिएको स्पष्ट पार्दै उनले भने, ‘अनुमति नलिई सञ्चालन गर्न दिइन्न ।’

*****
जनप्रतिनिधि र नेता नै नदी दोहनमा

सिन्धुपाल्चोक – जनप्रतिनिधि र राजनीतिक दलका नेता नै इन्द्रावती र सुनकोसी नदी दोहनमा लागेका छन् । जिल्लामा रहेका २१ वटा क्रसर उद्योगमा राजनीतिक दलका नेता र जनप्रतिनिधिको लगानी रहेको खुलासा भएको छ । नदीआसपास स्थापना भएका अधिकांश क्रसर उद्योगका हर्ताकर्ता जनप्रतिनिधि र नेताहरू नै छन् । त्यसैले, स्थानीय तहले नदीजन्य पदार्थ उत्खनन, संकलन र बिक्रीका लागि दिएको ठेक्का तिनकै पोल्टामा पुग्ने गरेको छ ।

सत्तारुढ दल नेकपाका अधिकांश नेता तथा जनप्रतिनिधिले क्रसर र नदी ठेक्कामा लगानी गरेका छन् । नेकपाका केन्द्रीय सदस्यसमेत रहेका सिन्धुपाल्चोक जिल्ला पार्टी सचिव दावा तामाङको ‘अविरल बग्दछ इन्द्रावती’ क्रसर उद्योगमा सेयर छ । त्यसैगरी, मेलम्ची नगरको बाटो, चुंगीकर र इन्द्रावती गाउँपालिकाको नदी ठेक्कामा पनि तामाङले सेयर लिएका छन् ।

संघीय सांसद शेरबहादुर तामाङले सुकुटेस्थित इन्द्ररत्न क्रसर र बाहुनेपाटीको रक्तमाला क्रसर उद्योगका मालिक नानीराम चौलागाईंमार्फत लगानी गरेका छन् । ठूला नेता र सांसदलाई ‘साइलेन्ट पार्टनर’ राखेर क्रसर व्यवसायीले नदी उत्खनन सहज पारेका हुन् । नेता र जनप्रतिनिधि नै सेयर सदस्य भएपछि प्रहरी मुकदर्शक बन्ने गर्छ ।

प्रदेश सांसद सुरेश नेपालका छोरा विमल नेपालको लामोसाँघुमा क्रसर उद्योग छ । नेकपा जिल्ला सदस्य उपेन्द्र तामाङ, भोटेकोसी गाउँपालिका अध्यक्ष राजकुमार पौडेल, बाह्रबिसे नगरका मेयर निम्फुन्जो शेर्पा, कांग्रेस क्षेत्रीय कोषाध्यक्ष विदुर पराजुली, मेलम्ची नगरपालिका–१३ का वडाध्यक्ष देवेन्द्र घोरासैनी, चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर–११ का सदस्य दधिराम पराजुलीको पनि विभिन्न क्रसरमा सेयर छ । सुनकोसी नदी ठेक्कामा चौतारा नगरका मेयर अमानसिंह तामाङका छोरा रघुसिंह तामाङको आधा हिस्सा सेयर छ । मेयरकै परिवार सेयरधनी भएपछि नदी उत्खननविरुद्ध कोही बोल्दैनन् ।

अधिकांश क्रसर अवैधानिक

सानाठूला गरी जिल्लामा २१ वटा क्रसर उद्योग सञ्चालनमा छन् । तर, अधिकांश उद्योग प्रदेश सरकारले जारी गरेको मापदण्डविपरीत स्थापना भएका छन् । देशभर आठ सय क्रसर उद्योग छन् । तर, नयाँ नियमानुसार जम्मा ३७ क्रसर उद्योग मात्रै मापदण्डभित्र पर्छन् । जिल्लाका प्रायः सबै क्रसर अवैधानिक छन् ।

प्रदेश ३ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपाल भने स्थानीय तहले नरोक्दा नदी दोहनले निरन्तरता पाएको नयाँपत्रिकामा समाचार छ |

‘कार्यविधि बनाएर सर्कुलर पठायौँ । तर, पूरै अधिकार स्थानीय तहलाई दिइएको छ । स्थानीय सरकारले नदी दोहन रोक्ने काम गरेको छैन,’ उनले भने, ‘प्रदेशले बनाएको नयाँ कार्यविधि लागू भएपछि दोहन नियन्त्रणमा आउँछ ।’






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution