बहराइनमा २५६३ औं बुद्ध जयन्ति मनाउने तयारी

बिश्व शान्तिको अग्रदुत,एसियाको तारा महामानव गौतम बुद्धको २५६३ औं जन्म जयन्ती नेपाल आदिवासि जनजाति महासंघ बहराइनको प्रमुख आयोजना र बहराइनमा कृयासिल ६ जातिय संस्थाहरु, (क्रमशः नेपाल मगर संघ बहराईन,तमु समाज बहराइन, किराँत याक्थुङ चुम्लुङ बहराइन,बहराइन तामाङ सेवा समाज,Kirat Rai Yayokkha Baharain र शेर्पा किदुक बहराइन)को सह आयोजनामा यहि मे १७,२०१९ शुक्रबारका दिन ब्लुमुन नेपाली रेस्टुरेन्ट(सेवारो रेस्टुरेन्ट संगै)दिउँसो १:०० बजे देखि मनाउने भएको छ |
पुजा आराधना गरि भब्य रुपमा मनाउन गईरहेकोले बहराइनवासी सम्पूर्ण नेपालीहरुलाई गरिममय उपस्थितिको लागि आयोजकले हार्दिक निमन्त्रणा गरेको छ |