नेपाल तामाङ घेदुङ प्रवास शाखा बहराइनले २५६३ औ बुद्ध जयन्ति मनाउने

याम्बु – नेपाल तामाङ घेदुङ प्रवास शाखा बहराइन द्वारा एसियाको तारा , शान्तिको अग्रदुत महामानव गौतम बुद्धको २५६३ औ जन्मदिन आउँदो २४ मे २०१९ (शुक्रबार) ब्लु मुन रेष्टुरेन्ट मनामा बहराइनमा मनाउने भएको छ |
बुद्ध जयन्तीलाई लामा गुरु द्वारा बिधिगत रूपमा पाठपुजा गरि मनाउने कार्यक्रम हुँदा बहराइनमा अवस्थित सम्पुर्ण जातीय ,क्षेत्रीय ,वर्गीय सामाजिक संघसंगठनहरु , व्यापारी व्यावसायिक वर्गहरु , बुद्धिजीवी वर्गहरु , समाजसेवी वर्गहरु , पत्रकार हरू लगायत बहराइनमा रहनुहुने सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई बुद्ध जयन्ती समारोहमा उपस्थिति भइ बुद्ध जयन्तीको प्रसाद ग्रहण गरिदिनुहुन नेपाल तामाङ घेदुङ प्रवास शाखा बहराइनले हार्दिक अनुरोध गरेको छ |
कार्यक्रम बिहान ११ बजे देखि सुरु हुने छ |