साईप्रसमा तामाङ घेदुङ र शेर्पा किदुगले सयुक्त रुपमा २५६३ औ बुद्ध जयन्ति मनाउने

याम्बु – बिश्व शान्तिको अग्रदुत महामानव गौतम बुद्धको २५६३ औं जन्मदिन नेपाल तामाङ घेदुङ साईप्रस र शेर्पा किदुग साईप्रसको संयुक्त आयोजिनमा आउदो १९ मे २०१९ आईतवारका दिन निकोसिया गुम्बा , सन्डे मार्केट नजिक भव्यताको साथ मनाउने भएको छ |
२५६३ औं जन्मदिनको अवसरमा बुद्ध जयन्ती शान्ती पुजा कार्यक्रम मनाउन गइरहेको हुँदा साईप्रसमा अवस्थित विभिन्न सामाजिक संघसंगठनहरु , बुद्धिजीवी वर्गहरु साथै रोजगारीको सिलसिलामा साइप्रसमा रहनु भएका सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई बुद्ध जयन्ती शान्ती पुजा कार्यक्रममा उपस्थित भइ दिनु हुन आयोजकले हार्दिक अनुरोध गरेको छ |
उक्त दिन रोजगारीको सिलसिलामा साईप्रसमा आउनु भएकी नेपाली चेली अस्मिता खड्का बिस्टले अल्पआयुमै ज्यान गुमाएकोमा उहाँको नाममा आत्मा शान्तीको लागि बत्तिबाल्ने कार्यक्रम रहेको पनि आयोजकले जानकारी दिएको छ |
कार्यक्रम बिहान ११ बजेबाट सुरु गर्ने भएको छ |