इजरायलबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण गर्न आर्थिक सहयोग प्रदान

काठमाडौं – चितवनको भरतपुर स्थित रामपुरमा निर्माण हुने ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणका लागि गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् इजरायलको मुल आयोजना तथा खेलकुद प्रेमी युवा समुह इजरायल र १४ वटा संघ संस्थाहरुको आयोजनामा हरितालिका तिज तथा चोथा पुजा -२०७५ कार्यक्रमबाट प्राप्त मुनाफा ३ लाख ३७ हजार ५ सय रुपैंया सहयोग धुर्मुस सुन्तली फाउण्डेशनलाई प्रदान गरेको छ ।
गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् इजरायलको पुर्व अध्यक्ष छिरिङ लामा शेर्पा र प्रवक्ता डोमा शेर्पाले क्रिकेट रङ्गशाला स्थल रामपुरमा पुगेर सहयोग रकम प्रदान गरेका हुन् |
गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् इजरायलको मुल आयोजना र खेलकुद प्रेमी युवा समुह इजरायल,इजरायल गोर्खा एसोसिएसन,चितवन समाज इजरायल,नेवा खल इजरायल,अन्तराष्ट्रिय नेपाली कलाकार समाज इजरायल,रुपन्देही सेवा समाज इजरायल,सोसाईटी अफ हेल्पिङ हर्टस एन इजरायल,हिन्दु जागरण नेपाल अभियान इजरायल,ओम जनजागरण इजरायल,भोजपुर सेवा समाज इजरायल,प्रवासी नेपाली एकता समाज इजरायल,मातृभूमीका लागि पर्वत सेवा समाज इजरायल,राष्ट्रिय तामाङ घेदुङ इजरायल , प्रवासी नेपाली नागरिक समाज इजरायल र अनलाइनमिडियाहरुको सहयोगमा हरितालिका तिज तथा चोथा पुजा कार्यक्रम सम्पन्न गरेका थिए |
गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण गर्न आर्थिक सहयोग प्रदान गरी र यस अभियानमा जोडिनुभएकोमा गैर आवासिय नेपाली संघ इजरायल लगायत सम्पुर्ण सहयोगी मनहरुलाई धुर्मुस सुन्तली फाउण्डेशनका अभियान्त सिताराम कडेल (धुर्मुस) ले धन्यवाद ब्यक्त गरेका थिए |
गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण गर्नको लागि सामाजिक संस्था तथा व्यतिगत रुपमा थप प्राप्त सहयोग रकम
१, चितवन समाज इजरायल-500/- सेकेल
२, श्री कादम्बरी दाना श्रेष्ठ -200/- ”
३, श्री निर्मला गुरुङ -150/- ”
४, श्री डोमा सेर्पा -150/-
५, श्री इस्वर पौडेल -151/-
६, श्री तारा काउचा मगर – 151/-
७, श्री राज क्षेत्री -100/-
८, श्री नीतु खतिवडा – 100/-
९, श्री कुमार साम्पाङ राई – 100/-
१०, श्री सुमि साही – 111/-
११, श्री लिला थापा मगर – 111/-
१२, श्री माया खनाल – 100/-