हेडलाईन

शेर्पा संघ इजरायलले अनलाइन मार्फत ग्याल्पो ल्होसारको शुभकामना आदानप्रदान गर्ने         नेपाल र इजरायल बीच अस्थायी रोजगारीसम्बन्धी सम्झौतामा हस्ताक्षर सम्पन्न         नेपाल–इजरायलबीच अस्थायी रोजगारी सम्बन्धी सम्झौतामा हस्ताक्षर हुने         तामाङ समाज जापानले ल्होछारको अबसरमा तामाङ पहिरन फोटो प्रतियोगिता गर्दै         नेपाल तामाङ घेदुङ कुर्दिस्तान इराकको अधिवेशन सम्पन्न,अध्यक्षमा श्याम मम्बा तामाङ चयन         नेपाल तामाङ घेदुङ कुर्दिस्तानको दोस्रो अधिवेशन हुदै         आजदेखि नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ खुल्यो         तामाङहरूको मौलिक कला तथा संस्कृति बिषयक भर्चुअल संवाद तथा अन्तरक्रिया कार्यक्रम हुदै         आदिवासी जनजाति साहित्यकार महासंघ गठन,संयोजकमा राजन मुकारुङ         घेदुङ इजरायलद्वारा तामाङ पुरूष भेषभुषा प्रतियोगितामा भाग लिन आव्हान         यसपाली माघ १ गते सार्वजनिक बिदा हुने         नेपाल आदिवासी जनजाति महासंघ कतारको अध्यक्षमा पुरुषोत्तम सुनुवार चयन         तामाङ घेदुङ इजरायलले जुमअनलाइन मार्फत सोनाम ल्होछार २८५७ को शुभकामना आदानप्रदान गर्ने         इजरायलमा माघ्या सकराटी पर्व जुम अनलाइन मार्फत शुभकामना आदानप्रदान सहित मनाउदै         संघीयता:नेपालकोबाट संसार भर फैलियो        

राष्ट्रिय इक्विस्ट्रियन : तामाङको नयाँ राष्ट्रिय कीर्तिमान

पोखरा : नेपाल इक्विस्ट्रियन संघको आयोजनामा पोखरामा सम्पन्न पाँचौ सस्करणको इक्विस्ट्रियनको हाइजम्प इभेन्टमा नेपाली सेनाका जगदिश घिसिङ तामाङले नयाँ राष्ट्रिय कृतिमान स्थापित गरेका छन्।

पोखरा फेवाताल किनारमा रहेको बाराही घाट खेल मैदानमा आयोजित प्रतियोगितामा घिसिङको घोडा ‘सम्मोहन’ले लामो समय देखि स्थापित हाइजम्प तर्फ पुरानो  रेकर्ड ५ फिट ५ इन्चलाई ब्रेक गर्दै नयाँ राष्ट्रिय रेकर्ड बनाएका हुन। उनले नयाँ राष्ट्रिय कृतिमान स्थापित गर्दै ५ फिट ९ इन्चको नयाँ रेकर्ड बनाएका छन।

स्वर्ण पदक विजेता घिसिङले यसका लागि नेपाली सेनाकै जमदार राजेन्द्र थापा र करण चौधरीसङ अन्तिम प्रतिष्पर्धा गरेका थिए। अन्तिम स्पर्धामा उक्त इभेन्टमा रजत पदक विजेता राजेन्द्र ५ फिट ७ इन्च र काश्य पदक विजेता करण भने पुरानै रेकर्ड ५ फिट ५ इन्चमा रोकिन पुगे।

विजेताले प्रमाणपत्रका साथमा क्रमश नगद २०, १५ र १० हजार समेत प्राप्त गरेका छन।

यसै गरि प्रतियोगिताको सोजोन इभेन्ट तर्फ नेपाली सेनाका ओम प्रकाश यादव स्वर्ण पदक जित्न सफल भएका छन्। उनले सोजोन इभेन्टको बाधा दुरी पार गर्न जम्मा १ मिनेट खर्चेका थिए। भने नेपाली सेनाकै जगदिश घिमिरेले १ मिनेट १३ सेकेण्डमा पार गर्दै रजत र नेपाली सेनाकै मेघ बिक्रम खडकाले काश्य पदक जिते। उनीहरुले क्रमश नगद २०, १५ र १० हजारका साथमा प्रमाणपत्र समेत प्राप्त गरे।

टेण्ट पेगिङ्ग तर्फको इभेन्टमा नेपाली सेनाका प्राविधिक सुबेदार गोबिन्द बहादुर खडकाले स्वर्ण पदक जितेका छन् भने नेपाली सेनाकै ओम प्रकाश यादबले रजत र लिलाराम खडकाले काश्य पदक जिते। उनीहरुले क्रमश नगद २०, १५ र १० हजारका साथमा प्रमाणपत्र समेत प्राप्त गरे।

स्थानिय घोडा दौड ‘पोनी रेस’ तर्फ राज अधिकारीले स्वर्ण पदक जिते। साथमा उनले नगद १५ हजार प्राप्त गरे भने नविन पुनले काश्य जित्दै नगद १० हजार र रोहित गौतम काश्य पदक जित्दै नगद ५ हजार प्राप्त गरे।

महिला तर्फ समेत पर्दशनी खेद भएको थियो। पोखरामा महिला घोड्चढी पर्दशनी पहिलो पटक गरिएको आयोजकले जनाएको छ। महिला पर्दशनी सिक्स बारमा भएको इभेन्टमा कबिता थापा, याम कुमारी राना र सरिता श्रेष्ठले सहभागिता जनाएको समाचार पहिलोपोस्टमा छ |

बिजेताहरुलाई पोखरा महानगरपालिकाका मेयर मान बहादुर जिशी, पश्चिम पृतनापती काजी बहादुर खत्री, गण्डकी प्रदेश सांसद ईन्द्रधारा विष्ट, नेपाल ओलम्पिक कमिटीका सदस्य तेज गुरुङ, नेपाल इक्वेस्ट्रीयन संघका अध्यक्ष रबिराज कर्णिकार, महासचिब बलराम श्रेष्ठ लगाएतले पदक, प्रमाणपत्र र नगद प्रदान गरेका थिए।






Related Posts

शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

चर्चित गायिका मेलिना राई र विरेन्द्र श्रेष्ठको ‘जाले रुमाल’ सार्वजनिक (भिडियो)

याम्बु - चर्चित गायिका मेलिना राई र गायक तथा वरिष्ठ ईन्जिनियर विरेन्द्र श्रेष्ठको स्वरमा रहेको जाले रुमाल... बाँकी यता

tamang online / October 2, 2020

भारतको नाम ‘इन्डिया’ कसरी रह्यो ? यस्तो छ चाखलाग्दो इतिहास

नेपालको दक्षिणी छिमेकी देशलाई भारत, इन्डिया, हिन्दूस्तान भनेर बुझ्ने गरिन्छ । एउटै देशको ३ थरि नाम कसरी रह्यो ?... बाँकी यता

tamang online / June 2, 2020

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2021: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution