हेडलाईन

बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै        

आज मे दिवस – वारि कम्युनिस्ट, पारि कांग्रेसको जुलुस !

काठमाडौं । आज मे दिवस । ‘संसारका मजदुरहरु एक हौं’ भन्ने नाराका साथ आज विश्वभर मजदुर दिवस मनाइँदैछ । तर, काठमाडौंमा चाहिँ ‘संसारका मजदुर एक हौं’ भनेर नारा लगाउनेहरु नै सडकको दुई किनारामा बाँडिए ।

तस्वीरमा प्रष्टसँग देख्न सकिन्छ, सडकको दायाँतिर कांग्रेसका मजदुरहरुको जुलुस छ भने वायाँ किनारामा सत्तारुढ नेकपा समर्थक मजदुरहरुको बेग्लै जुलुस निस्किएको छ ।

संसारका मजदुर एक हौं भन्ने त कुरा न हो, विभिन्न पार्टीका भातृ संगठनका रुपमा रहेका नेपाली मजदुरहरुले आज मे १ का दिनमा पनि एकैठाउँ उभिएर आफ्नो वर्गको आवाज बुलन्द गर्न सकेनन् । र, अन्तरराष्ट्रिय श्रमिक दिवसका दिनमा समेत प्रमुख राजनीतिक दलसम्वद्ध मजदूर संगठनले छुट्टाछुट्टै जुलुस निकालेर एकताविरोधी सन्देश दिए ।

सत्तारुढ नेकपा निकट अखिल नेपाल ट्रेड युनियन महासंघले सुन्धाराबाट प्रभातफेरि सुरु गरी भृकुटीमण्डपसम्म पुगेको थियो । त्यसैगरी प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको मजदुर संगठन नेपाल ट्रेड युनियन कांग्रेसले भद्रकालीबाट र्‍याली सुरु गरी प्रदर्शनीमार्गस्थित बाल्मिकी क्याम्पसमा पुगेर सभा गरेको थियो ।

दुई पार्टी निकट मजदुर संगठनको र्‍याली सडकको छुट्टाछुट्टै भागबाट अघि बढेको थियो । सुन्धारामा नेकपा निकट मजदुर संगठनको र्‍याली सडकको बायाँ भागतर्फबाट अघि बढेको थियो भने कांग्रेस निकट मजदुर संगठनको र्‍याली सडकको दाया भागबाट अघि बढेको थियो ।

त्यसैगरी स्वतन्त्र प्रजातान्त्रिक ट्रेड युनियन महासंघले बिहान बबरमहलदेखि नयाँ बानेश्वरसम्म जुलुस र कोणसभा गरेको थियो ।

आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको माग गर्दै अमेरिकाको शिकागो शहरबा मजदुरहरुले गरेको संघर्षको सम्झनामा अरेक वर्ष मे १ का दिन मजदुर दिवस मनाउने गरिन्छ ।

हुन त मजदुर संगठनहरुले बेग्लाबेग्लै जुलुस निकाले पनि पत्रकारहरुका संस्थाले भने बुधबार बिहान पत्रकार महासंघको ब्यानरमा बबरमहलदेखि नयाँ बानेश्वरसम्म संयुक्त जुलुस निकालेका थिए ।

पत्रकारको कार्यक्रममा सत्तापक्ष र प्रतिपक्षका पत्रकारहरु एकै ठाउँमा उभिएका थिए । अनलाइनखबर |

१८ बैशाख २०७६ 

 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution