सांसद नविना लामाले खोलिन् ‘हिमालयन रिमठिम रेष्टुरेन्ट’ ओपनिङ मेनुमा के-के छ ?

काठमाडौँ । सांसद नविना लामाले काठमाडौँको नयाँ बानेश्वरमा रेष्टुरेन्ट सञ्चालन गरेकी छिन् | आइतबार उद्घाटन गरिएको रेष्टुरेन्ट नविना सहित अनेरास्ववियुका पाँच नेत्रीको सहकार्यमा खोलेका हुन् ।
संसद् भवन नयाँ बानेश्वरको अपोजिटको रेष्टुरेन्टमा अग्र्यानिक खानाको स्वाद पाइने सांसद लामाले जानकारी दिइन । हिमालयन रिमठिम नामको रेष्टुरेन्टमा नेपाली संस्कृति झल्काउने सामाग्री समेत राखेकी छन् |
नेपाली चुलोमा पकाएको नेपाली परिकारलाई आफूहरूले मेनुमा प्राथमिकता दिएको उनले बताइन् । राजनीतिमा लागेका व्यक्तिले पनि व्यवसाय गर्नुपर्छ भन्ने उदाहरण दिनका लागि आफूले रेष्टुरेन्ट खोल्न लागेको सांसद लामाको भनाई छ । श्रोत – नागरिक दैनिक