अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल द्वारा राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग प्रदान

तेलअविव – अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल द्वारा नेपाली नयाँ वर्ष २०७६ सालको पवन अवसरमा १२ अप्रिल २०१९ शुक्रबारका दिन आयोजित नेपाली नयाँ वर्ष सांगीतिक धमाका २०७६ कार्यक्रम बाट भएको मुनाफा डा महाबिर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई नेपाली रुपियाँ ४,६४,८०० ( चार लाख चौसट्ठी हजार आठ सय रुपैयाँ ) हस्तान्तरण गरेको संस्थाकी महासचिव युनिका गुरुङले जानकारी दिनु भएको छ |
यसैगरी कार्यक्रमबाट भएको मुनाफा इजरायली सकेल १००० (एक हजार ) एनआरनएन इजरायलको संरक्षणमा रहेको ‘आपतकालीन अक्षय कोष इजरायल’लाई हस्तान्तरण गर्ने मंचका उपाध्यक्ष अनिल सिंह राजपुतले तामाङअनलाइनलाई जानकारी दिनु भएको छ |