क्याप्टेन विजय लामामाथिको निलम्बन फुकुवा

काठमाडौँ– नेपाल वायु सेवा निगमको प्रवक्ताबाट हटाइएपछि वरिष्ठ क्याप्टेन विजय लामामाथिको प्रतिवन्ध फुकुवा भएको छ। वायु सेवा निगमले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पत्र पठाउँदै लामालाई प्रवक्ताको जिम्मेवारीबाट मुक्त गरिएको जानकारी गराएको हो ।
निगमको प्रवक्ताबाट हटाइएपछि लामामाथिको प्रतिवन्ध फुकुवा गरिएको प्राधिकरणले जनाएको छ। यसअघि संचारमाध्यममा विवादास्पद अभिव्यक्ति दिएको भन्दै लामालाई निलम्बन गरिएको थियो । प्राधिकरणले निगमलाई प्रवक्ताको जिम्मेवारीबाट मुक्त गर्न पत्र समेत पठाएको थियो।
७ दिने स्पष्टिकरण सोधेको प्राधिकरणले लामाको स्पष्टिकरणपछि निलम्बन गर्ने निर्णय लिएको थियो। तर प्रवक्ताबाट हटाइपछि भने अब लामाले जहाज उडाउने अनुमति पाएका छन्।