हेडलाईन

बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै        

कर्णेलको घरमा मृत भेटिएका सिपाही प्रदीप तामाङको श्रीमतीलाई मध्येराती म्यासेज : ‘मलाई मारिदियो ल’ !

काठमाडौं । नेपाली सेनाका कर्णेल सुशील कुमार थापाको निजी निवासमा मृत भेटिएका सिपाही प्रदीप तामाङबारे नयाँ रहस्य फेला परेको छ ।

शनिबार विहान कर्णेल थापाको घरमा मृत भेटिएका प्रदीप तामाङको हत्या भएको आशंका बढेको छ । तामाङले आफूलाई मार्न लागेको भन्दै मध्येरातमा आफ्नी श्रीमतीलाई मोबाइलमा सन्देश पठाएको समेत फेला परेको छ ।

नेपाली सेनाको भगवती दल गण पोखरामा दरबन्दी रहेका प्रदीपलाई कर्णेल थापाले घरायसी कामका लागि निजी निवास कुपन्डोलमा ल्याएका थिए ।

प्रदीपले आफ्नो मोबाइल नम्बर ९८६६८३७२०१ बाट राती १० बजेर ११ मिनेट जाँदा पठाएको सन्देश विहान ४ बजे २५ मिनेट जाँदा श्रीमती शान्ति तामाङको मोबाइल नम्बर ९७४८१४३९४१ डेलिभर भएको देखिन्छ । उक्त नम्बरमा प्रदिपले ‘मोलाई मारिदियो ल’ भनेर लेखेका छन् ।

स्रोतका अनुसार तामाङले सन्देश पठाउँदा पठाउँदै कर्णेल परिवारले मोबाइल खोसेको आशंका गरिएको छ । मोबाइल खोसेपछि स्विच अफ गरिएको र तामाङको हत्या गरिएको परिवारको आशंका छ ।

राती १० बजेसम्म प्रदीपले शान्तीसँग राम्रैसँग कुरा गरेको बताइन्छ । स्रोतका अनुसार कर्णेल दम्पत्तिले प्रदीपलाई झुन्ड्याएर मारेको आशंका गरिएको छ ।

राती २ बजे कर्णेल आफै गाडी हाँकेर प्रदीपको घर गुन्डुमा परिवारका सदस्यलाई लिन पुगेका थिए । घरमा पुगेको सेनाले ‘प्रदीप विरामी छ बाहिर भेट्न आउँनुस्’ भन्दै इमाडोलस्थित कर्णेलको घरमा ल्याएका थिए । घरमा पुगेका आफन्तलाई प्रदीप झुन्डिएको डोरी काट्न लगाएका थिए ।

अति विशिष्ट सेवा निर्देशनालयमा कार्यरत कर्णेल सुशील कुमार थापा नै तामाङको हत्यामा मुछिएको उच्च स्रोतको दाबी छ । तर उनी मुद्दा मिलाउन विभिन्न निकाय गुहारी रहेका छन् ।

विगत डेढ वर्षदेखि कर्णेल थापाको घरमा कार्यरत तामाङका परिवारले घटना छानबीनका लागि प्रहरीमा गुहार मागेका छन् ।

मृतक तामाङको शव पोस्ट मार्टमका लागि यतिबेला शिक्षण अस्पताल काठमाडौं लगिएको थियो तर, शिक्षण अस्पतालमा रहेको शवलाई कर्णेल थापाकै दबावमा पुन पाटन अस्पताल पुर्याइएको छ ।

शनिबार नै महानगरीय प्रहरी परिसर सातदोबाटोमा मृतकका आफन्त, बाबु, आमा र श्रीमतीलाई प्रहरीले उपस्थित गराएको थियो । प्रहरी कार्यालयमा आएका कर्णेल थापा मुद्दा मुलाउनका लागि सिभिलमा नेपाल प्रहरीका एक डिआइजीलाई समेत ल्याएका थिए ।

प्रहरी परिसर भित्र मृतकका श्रीमतीलाई तामाङले पाउँदै आएको आधा तलब ७ वर्षसम्म उपलब्ध गराउने आश्वासन कर्णेल थापाले दिएका थिए । त्यसको अग्रिम ग्यारेन्टी नभएको र अग्रिम ३० लाख रुपैयाँ माग गरेपछि सहमति नभएको उच्च स्रोतको दाबी छ । प्रहरी कार्यालयमा सहमति नभएपछि मृतकका बाबु, श्रीमती आमा, काका र आफन्त भनिएका जिवनलाई सैनिक प्रहरीले गाडीमा राखेर सैनिक मुख्यालय लगिएको थियो ।

कर्णेल थापाको घरमा तीन तलामाथि रहेको कोठाबाहिर उनलाई हत्या गरेर झुन्डाइएको आशंका परिवारले गरेका छन् ।

-दियो पोस्टबाट






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution