तामाङ समाज कतारको आठौँ अधिवेसन सम्पन्न,अध्यक्षमा धिरेन तामाङ

दोहा : नेपाल प्रवासी तामाङ समाज कतारको आठौँ अधिवेसनले धिरेन कुमार तामाङ अध्यक्षमा निर्वाचित भएका छन् ।
उनको अध्यक्षतामा २२ जनाको कार्यसमिति चयन गरिएको छ ।
प्रथम उपाध्यक्ष नेत्र कुमार तामाङ, दृतिय उपाध्यक्ष कुमारी बोम्जन तामाङ, महासचिव अशोक कुमार तामाङ, सचिब प्रेम ब.तामाङ, कोषाध्यक्ष गौतम तामाङ, सह कोषाध्यक्ष सुवास तामाङ रहेका छन् ।
सदस्यहरुमा ललित कुमार तामाङ, जंगे लोप्चनतामाङ, कान्छाराम तामाङ, मणि लामा तामाङ, मोइराम तामाङ, अस्मिता तामाङ, बेग ब. तामाङ, मोहन सिङ तामाङ, समराज तामाङ, श्री ब. तामाङ, हर्क बहादुर तामाङ, पुष्प मोक्तान तामाङ, राम चन्द्र तामाङ, माया तामाङ, सिरचेन तामाङ रहेका छन् । बाँकि सदस्यहरु कार्यसमितिले मनोनित गर्ने जनाएको छ ।
निर्वाचन समितिको संयोजकमा समाजको विदेश विभाग प्रमुख शंखलाल तामाङ, सदस्यहरुमा राज कुमार तामाङ, शुन्दर मोक्तान तामाङ, माइला वाइबा रहेका थिए ।
बिशेष अतिथिमा गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको प्रथम उपाध्यक्ष तेज कटुवाल, त्येसैगरि अतिथिहरुमा, मेहेन्दोमाया समाज कतारका अध्यक्ष प्रकाश मम्वा तामाङ, नेपाल तामाङ कलाकारसंघको अध्यक्ष सबिना लोप्चन तामाङ, सन्ध्या ग्रुप अलखोरको अध्यक्ष बिरेन्द्र कुमार याक्थुम्ब, रामेछाप दोहा सम्पर्क समितिको सचिव ललित लो, रोयल नेपालि रेष्टुरेन्टका संचालक पुष्प तामाङ लगाएतको सहभागीता रहेको थियो ।
शुक्रबार दोहाको बेस्ट वेस्टर्न प्लस होटेलमा समाजका अध्यक्ष तिर्थ थिङ् तामाङको सभापतित्वमा अधिवेशन भएको थियो । नेपाल प्रवासी आदिवासि जनजाति महासंघ कतारका अध्यक्ष शिव कुमार भुजेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
-अस्मिता पाख्रिन तामाङ / याम्बु टाइम्स ग्याम्से