हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

कृषि अध्ययन गर्न तीन युवा इजरायल जाने

सिन्धुली । कृषि अध्ययनका लागि सिन्धुलीबाट तीन युवा इजरायल जाने भएका छन् । नेपालका लागि इजरायली राजदूतको सहयोगमा कृषि अध्ययन गर्न सिन्धुलीबाट तीन युवा छनोट भएका हुन् ।

हातेमालो साना किसान कृषि सहकारी सस्था सिन्धुलीमार्फत साना किसान विकास लघुवित्त वितीय संस्थाको समन्वयम कृषि अध्यनका लागि इजरायल जान युवा छनोट भएका हुन् । छनोट हुनेमा कमलामाई नगरपालिका–१ डाँडीगुरासे निवासी मस्तिमाया घलान, कमलामाई नगरपालिका–२ भद्रकाली निवासी लक्ष्मी विश्वकर्मा र कमलामाई नगरपालिका–२ भद्रकाली निवासी श्रीदेवी मोक्तान छन् ।

छनोट भएका तीन व्यक्तिले इजरायलका विभिन्न कृषि तालीम केन्द्रमा १० महीन कृषि जेटिए तालीममा सहभागी भएर स्वदेश फर्कने हातेमालो साना किसान कृषि सहकारीका अध्यक्ष रामबहादुर विश्वकर्माले जानकारी दिए ।

आवदेकमध्ये कमलामाई नगरपालिका–१ जखनीकी बुना थापा र कमलामाई नगरपालिका–२ चियाबारीका निर्मलकुमार थापा वैकल्पिक उम्मेदवारको रुपमा छनोट भएक छन् । सातजनाले इजरायज जानका लागि आवेदन फारम भरेका थिए । परीक्षाबाट तीनजना छनोट भएको विश्वकर्माले जानकारी दिए ।

दश जोड दुई उत्तीर्ण गरेका र १८ वर्ष पूरा भई ३० वर्ष ननाघेका छोराछोरीलाई कृषि अध्ययनका लागि विसं २०७२ देखि इजरायल पठाइँदै आएको उहाँको भनाइ छ । हालसम्म सिन्धुलीबाट चार जना युवा इजरायल कृषि जेटिए अध्ययनका लागि गएका छन् ।

कृषि फर्म सञ्चाल गर्ने र स्थानीयस्तरमा आधुनीक कृषि व्यवसाय सञ्चालन गर्न युवालाई इजरायल पठाइएको र त्यहाँको अध्यायन सकेर आएका युवाले आफ्नो गाउँघरमा अनिवार्य रुपमा कृषि व्यवसाय सञ्चालन गर्नुपर्ने छ ।

स्वदेश फर्किएपछि युवाको मागको आधार सहकारीले लगानी गरिदिने भएकाले युवाले कृषि फर्म सञ्चालन गरी गाउँ घरमा जानेको सीप अरुलाई पनि सिकाउनुपर्ने छ । विभिन्न कृषि समूहमा उनीहरुले कृषिलाई आधुनिक तवरले व्यवसाय गर्न सिकाउने उनको भनाइ छ ।

सहकारीमा आवद्ध शेयर सदस्यका छोराछोरीलाई निःशुल्क इजरायल पठाइने छ । अहिले छनोट भई प्रक्रियामा रहेका तीन जनाको यही वैशाख १८ र १९ गते झापा इजरायली राजदूतावासबाट स्वास्थ्य परीक्षण गरी उनीहरुलाई इजरायल लगिने छ ।

साना किसान कृषि सहकारीभन्दा बाहेक अरु सहकारीले यो कृषि अध्ययनका लागि युवालाई इजरायल पठाउने अवसर प्रदान गर्न नसक्ने हातेमालो साना किसान कृषि सहकारीका अध्यक्ष विश्वकर्माको भनाइ छ ।

सहकारीमा सदस्य बनेका कृषकको क्षमता वृद्धि गर्दै उनीहरुको जीवनशैलीमा कृषिका माध्यमले परिवर्तन ल्याउन यस सहकारीले सघाउने उनले बताए ।

सहकारीमा हाल एक हजार १७५ जना कृषक आवद्ध भएका छन् । दाम र काम दुवै पाउने भएपछि कृषकका छोराछोरी इजरायल जान निकै उत्साहित छन् । उनीहरुले यसबाट देश र जनता दुवैलाई लाभ हुने विश्वास व्यक्त गरेका छन् ।

साना किसान बैंक अन्तर्गत ग्रामीण क्षेत्रका कृषि सहकारीको पहलमा छनोट भएका युवालाई तालीमका लागि इजरायल पठाउने प्रक्रिया शुरु गरिएको साना बैंकले जनाएको छ ।

पछिल्लो समयमा इजरायल पठाइने युवाको क्षमता अभिवृद्धि गरेर उनीहरुलाई आर्थिक र प्राविधिक रूपमा बलियो बनाउन युवालाई इजरायल पठाउन लागिएको छ । प्राविधिक तालीमले नेपालको कृषि विकासमा टेवा पुग्ने र आधुनिक प्रविधिबाट खेती गर्न सकिए नेपाल थोरै समयमै समुन्नत हुने छ ।

इजरायलको व्यावसायिक कृषि खेतीबाट सीप सिक्न नेपाली युवाको आकर्षण बढ्दो छ । इजरायलको आधुनिक कृषि प्रणालीको आकर्षणले त्यहाँ गएर सीप सिक्ने युवाको सङ्ख्या बढ्न थालेको देखिन्छ ।

पढे लेखेका युवा इजरायल गई कृषिको तालीम लिई नेपाल फर्केपछि व्यावसायिक खेतीमा लागेका छन् । अति न्यून शुल्कमा इजरायलमा सीप सिकेर फर्केपछि यहाँ सरकारले समेत लगानी गरिदिने आकर्षणले युवामा कृषि क्षेत्रप्रतिको मोह बढेको हो । दश महीनाको तालीम अवधिभर तालीमकै क्रममा मासिक रु डेढ लाखसम्म ती युवाले कमाउँछन् ।

१४ वैशाख २०७६






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution