साइप्रसमा सिरियल किलरले नेपाली महिलाको हत्या गरेको आशंका

एजेन्सी– साइप्रसमा एक व्यक्तिले सात महिलाको हत्या गरेको आरोप स्वीकार गरेका छन् । स्थानीय मिडियाले यसलाई साइप्रसमा भएको सिलसिलेवार हत्याको पहिलो घटना बताएका छन् ।
यही महिला दुई शव एउटा खानी जाने बाटोमा र अर्को शव आइतबार भेटिएको थियो ।
ग्रिक मूलका ३५ वर्षीय साइप्रसका सैनिक अधिकारीले आफूमाथि लागेको हत्या गरेको आरोप स्वीकार गरेका हुन् । उनले दिएको सूचनाको आधारमा अब प्रहरीले बाँकी शवको खोजी गरिरहेको छ ।
उनले हत्या गरेकामध्ये एक महिला नेपाली वा भारतीय मूलकी हुनसक्ने साइप्रसको प्रहरीले अनुमान गरेको छ । यसबारे जाँच सुरु भइसकेको छ । सिलसिलेवार हत्यामा रोमानियाकी एक महिला र उनकी आठ वर्षकी छोरी पनि परेका छन् ।
अर्की एक महिला, जसको हत्या भएको थियो, की छोरी पनि हराइरहेकी छिन् । संदिग्ध ती सैनिक अधिकारीले आफैं प्रहरीहरुलाई महिलाहरु हत्या गरेको ठाउँमा पुर्याएका हुन् । यी सैनिक अधिकारीले सबैभन्दा पहिले सन् २०१७ डिसेम्बरमा एक महिलाको हत्या गरेका थिए जो उनीसँग डेटिङ साइटबाट भेट्न गएकी थिइन् ।
प्रहरीले संदिग्ध ती सैनिक अधिकारीको नाम सार्वजनिक गरेको छैन । साइप्रस प्रहरीले यो मुद्दामा बेलायती जाँचकर्ताको पनि सहयोगको अपेक्षा लिएको बताएको छ ।