बुधबार बिहानै नेपालमा गएको भूकम्प भारतको उत्तर प्रदेशसम्म महसुस

याम्बु – बुधबार बिहानै नेपालमा दुईवटा भूकम्पको झट्का महसुस भएको छ । धादिङको नौबिसे केन्द्रबिन्दु बनाएर ५ दशमलव २ रेक्टरस्केलको पहिलो भूकम्प मापन गरिएको थियो भने त्यसको ११ मिनेटपछि ४.३ रेक्टर स्केलको पराकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का नेपालमा मात्र नभई भारतको उत्तर प्रदेशका विभिन्न इलाकामा पनि महसुस गरिएको भारतीय संचार माध्यमले जनाएका छन् ।
यसअघि भारतमा राती १ बजेर ४५ मिनेटमा अरुणाचल प्रदेशमा पनि भूकम्पको झट्का महसुस गरिएको बताइएको छ । भूकम्प ५.८ म्याग्निच्यूड रहेको र केन्द्रबिन्दु अरुणाचलको पश्चिम सियांगमा रहेको बताइएको छ ।
एजेन्सी
बैशाख ११, २०७६