सान्जेन र रसुवागढीको आइपीओ अब बिहीबारसम्म भर्न पाइने

काठमाडौं : धितोपत्र बोर्डले सान्जेन र रसुवागढीको आइपीओ भर्ने म्याद २ दिन थप गरेको छ । अब लगानीकर्ताले बिहीबार (वैशाख १२ गते) सम्म यसमा आवेदन दिन सक्नेछन् । दुवै कम्पनीको आइपीओमा माग भन्दा बढी आवेदन परेकाले मंगलबारदेखि बन्द गर्न लागिएको थियो ।
तर सीडीएससीको मेरो सेयर एपमा समस्या आएका कारण आम लगानीकर्ताले सजिलै सेयर भर्न नपाएको गुनासो गरेपछि २ दिन समय थप गरिएको छ ।
‘बोर्डमा धेरै लगानीकर्ताले सेयर भर्न नपाएर भनेर गुनासो गर्नुभयो, सीडीएससीमा सम्पर्क गर्दा पनि केही समस्या आएको पाइयो, यसर्थ २ दिन थप्ने निर्णय गरेको हो |
अब लगानीकर्ताले बिहीबारसम्म यी दुवै सेयरमा आवेदन दिन सक्नेछन् ।
१० बैशाख २०७५