कोको भए नेकपाका जिल्ला अध्यक्ष र सचिव ? (सूचीसहित)

९ वैशाख, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी एकता भएको झण्डै एक वर्षपछि जिल्ला अध्यक्ष र सचिवको टुंगो लगाएको छ ।
आइतबार साँझ सचिवालय बैठकले नयाँ मापदण्ड तय गरेसँगै जिल्लाका पदाधिकारी चयन भएका हुन् ।
तत्कालीन एमालेले अध्यक्ष वा सचिव जुन पद पाएको भए पनि तत्कालीन जिल्ला अध्यक्षलाई नै उक्त पदमा ल्याइएको छ ।
नेकपामा गुटको अंकगणित : माधव नेपाललाई राहत कि आहत ?
नेकपा कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा आइतबार साँझ बामदेव गौतम र नारायणकाजी श्रेष्ठले जिल्ला अध्यक्ष र सचिवको नामलिष्ट हेर्न पाउँ भन्दा पनि देखाइएन । भोलिपल्ट सार्वजनिक भएको ७७ जिल्ला अध्यक्षको सूचीमा गौतम र श्रेष्ठ पक्षका एकएक जना मात्र परे ।
नेकपाको शक्तिशाली हाइकमाण्ड (सचिवालय)मा रहेका नेताहरुले आफ्नो मान्छे जिल्ला अध्यक्ष र सचिवमा घुसाउन चाहे पनि अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्ड नै हाबी भए । तर, नयाँ मापदण्डका कारण माधव नेपाल र रामबहादुर थापा बादल पक्षले पनि आफू निकटका नेतालाई व्यवस्थापन गरेका छन् ।
पूर्व एमालेभित्र ओली र नेपालका दुई प्रमुख गुट छन् । ओली र नेपाल गुटको विवादकै कारण जनप्रतिनिधि पनि जिल्ला अध्यक्ष बन्न पाउने मापदण्ड बनाइदा यसअघि सिफारिस भएका धेरै नेता अध्यक्ष र सचिव बन्नबाट बन्चित भए । नयाँ मापदण्डमा परेका कारण केन्द्रीय सदस्यहरु जिल्ला अध्यक्ष र सचिव बने भने जिल्ला अध्यक्ष भइरहेकाहरु सचिवमा घटुवा भए ।
सुरुमा जनप्रतिनिधिलाई पार्टीको कार्यकारी भूमिकामा नराख्ने भनिएको थियो । तर, मापदण्ड बिना प्रदेश कार्यदलको सिफारिसका नाममा अध्यक्ष र सचिव तोक्दा ओली पक्षले एकलौटी गर्ने देखेपछि वरिष्ठ नेता नेपालले तत्कालिन एमालेभित्रको कमिटीको बरियताका आधारमा जिम्मेवारी दिनुपर्ने अडान लिएका थिए ।
पछिल्लो मापदण्डपछि तत्कालिन एमालेले पाएका ४४ जिल्लामध्ये नेपाल पक्ष पक्षबाट प्रष्ट खुलेका १३ जना अध्यक्ष बनेका छन् । सचिवलाय सदस्य बामदेव गौतम पक्षका एक जनामात्र प्युठानका तुलसीराम शर्मा अध्यक्ष बनेका छन् । पछिल्लो समय गौतम नेपाल निकट भएकोले शर्मालाई नेपाल समूहले आफ्नो भनेको छ ।
माधव नेपाल, झलनाथ र बामदेव गौतम पक्षका जोड्दा १५ जिल्ला अध्यक्ष सो समूहबाट बनेका छन् ।
बाँकी २९ जिल्लाका अध्यक्ष केपी ओली निकट छन् । सचिवालयमा पूर्व एमालेका ईश्वर पोखरेल र विष्णु पौडेल ओलीसँगै रहेकाले यो गुट नै जिल्ला अध्यक्षमा बलियो बनेको नेकपा स्रोतले जनाएको छ । कतिपय नेताले आफूलाई कतै खुलाउन नचाहे पनि दुवै गुटले आआफ्नो पक्षको दाबी गरेको अनलाइन खबरमा छ |
ओली पक्षबाट को को ?
पूर्वएमालेले पाएका ४४ जिल्ला अध्यक्षमध्ये ३० जना ओली पक्षका दाबी गरिएको छ । ओली पक्षका अध्यक्षमा प्रदेश १ बाट पाँचथरका राजकुमार भण्डारी, झापाका चिन्तन पाठक, मोरङका विनोद ढकाल, धनकुटाका राजेन्द्र राई, भोजपुरका प्रेमकुमार राई र सोलुखुम्बुका मानवीर राई छन् ।
त्यस्तै प्रदेश २ बाट धनुषका राजकिशोर यादव र पर्साका प्रभु हजारा ओली निकट मानिन्छन् । प्रदेश ३ बाट दोलखाका ईश्वरचन्द्र पोखरेल, धादिङका भूमी त्रिपाठी, काठमाडौंका कृष्ण राई, भक्तपुरका बचन देउजा र ललितपुरका हरिकृष्ण ब्यन्जनकार ओली निकट हुन् ।
गण्डकी प्रदेशबाट कास्कीका कृष्ण थापा, तनहुका केदार सिग्देल,पूर्वी नवलपरासीका रोशन गाहा मगर, मुस्ताङका चन्द्रमोहन गौचन र मनाङका पोल्देन छोपाङ गुरुङ ओली पक्षका अध्यक्ष हुन् ।
*****
मर्यादाक्रम भंग हुँदा नेकपाकाे जिल्ला कमिटी विवादमा , काठमाडौं सचिवबाट हिमाल शर्माले राजिनामा दिने !
नेपाल कम्युनिस्ट पार्टीको ७७ वटै जिल्ला कमिटी आधिकारिक रुपमा घाेषणा भए सँगै मर्यादाक्रमकाे कारण असन्तुष्टि देखिने संकेत प्राप्त भएको छ । ८ जिल्लामा केन्द्रीय सदस्य समेत रहेका नेता सचिवमा घटुवा भए सँगै विवाद हुने संकेत देखा परेको हाे जसको सुरुवात काठमाडौ जिल्ला कमिटीबाट हुने देखिएको छ । सचिवमा घटुवा भएका ८ केन्द्रीय सदस्य मध्ये १ जना मात्रै पुर्व एमालेका छन बाँकी सात जना माओवादी समुहका रहेका छन । केन्द्रीय सदस्य समेत रहेका काठमाडौ जिल्ला सचिव हिमाल शर्माले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै राजिखुसि आफ्नो पद अर्को व्यक्तिलाई हस्तान्तरण गर्ने जानकारी गराएका छन । पार्टी केन्द्रले दुबै पार्टी एकता हुनु अगाडि जाेजाे अध्यक्ष थिए उनिहरुलाइ नै अध्यक्ष र सचिव दिने सहमति गरेसँगै मर्यादाक्रम तलमाथि भएको हाे @ नया नेपाल