बहराईनमा २५६३ औ बुद्ध जयन्ती मनाउने भब्य तयारी

सोनाम दोङ तामाङ – नेपाल आदिवासी जनजाती महासंघ बहराईन प्रवास शाखाको प्रमुख आयोजनामा बहराईनमा स्थापित ६ वटा जातिय संस्था नेपाल मगर संघ बहराईन, तमु सेवा समाज बहराईन, किरात याक्थुङ चुम्लुङ बहराईन, बहराईन तामाङ सेवा समाज, किराँत राई यायोख्खा बहराईन र शेर्पा किदुग बहराईनको संयुक्त आयोजनामा बुद्ध जयन्ती भब्य रूपमा मनाईने भएको छ ।
प्रवासको ब्यस्त समयलाई मध्यनजर गर्दै आउदो१७ मेई २०१९ शुक्रबारका दिन ‘ब्लुमुन रेस्टुरेन्ट सभाहल’ मा
मध्याह्न १ बजे देखि बुद्ध जन्म जयन्ती मनाईने तयारिमा जुटेका आयोजक समिति नेफिन बहराईनका अध्यक्ष झहर मान थेबेले जानकारी दिनु भएको छ ।
बौद्ध धर्मावलम्बीहरुको विधि अनुरुप अनुष्ठान तयार गरि लामा गुरु द्वारा पाठपुजा गर्दै विधिवत रुपमा मनाइने तथा शुभकामना आदानप्रदान गर्ने कार्यक्रम रहेको छ ।
बुद्ध जन्मिएको देश नेपाल र नेपाली हरुको गौरव पहिचान, एसियाको तारा, राष्ट्रिय बिभुती तथा बौद्ध मार्गिहरुको आस्थाको प्रतीक गौतम बुद्ध बौद्ध धर्मावलम्बीहरुको मात्र नभएर विभिन्न धर्म मान्ने नेपालिहरुको साझा पहिचान हो भन्दै उक्त अवसरमा बहराईनमा विभिन्न पेसामा आवद्ध भक्तजनहरुलाई पुजा आरधनाको लागि तपशिलको मिति, समय र स्थानमा उपस्थितिको लागि आयोजक टिमले हार्दिक आव्हान गरेको छ |