हेडलाईन

बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै        

हाँस्यकलाकार युक्रेनको राष्ट्रपतिमा निर्वाचित

देशको कार्यकारी पद सम्हालेको अभिनय गर्ने कलाकारले साँच्चै त्यही जिम्मेवारी पाए भने के गर्लान्? धेरै कलाकारले यो प्रश्नको उत्तर खोजिराख्नु पर्दैन। किनकी उनीहरू त्यो अभिनयलाई कामको अंगमात्र ठान्छन्। कलाकारिता छोडेर सक्रिय राजनीतिमा आउँदैनन्, आए पनि चुनाव जित्न सक्दैनन्।

तर पूर्वी युरोपियन मुलुक युक्रेनका हाँस्यकलाकार भोलोदमिर जेलेन्स्कीका लागि भने अब यो प्रश्नको उत्तर नखोजी सुख छैन। किनकी केही समयअघिसम्म टेलिभिजनमा संयोगवस राष्ट्रपति बनेको पात्रको भूमिका निर्वाह गरिरहेका उनी साँच्चै युक्रेनको राष्ट्रपति निर्वाचित भएका छन्।

४१ वर्षीय जेलेन्स्कीले राष्ट्रपतीय चुनाव जितेका छन् त्यो पनि भारी मतका साथ।

आइतबार भएको राष्ट्रपतिको दोस्रो चरणको मतदानमा जेलेन्स्कीले ७३ प्रतिशत मत पाएका छन्। उनका प्रतिष्पर्धी राष्ट्रपति पेट्रो पोरोसेन्कोले जम्मा २५ प्रतिशत मत ल्याएका छन्। औपचारिक रूपमा नतिजा घोषणा हुनुअगावै पोरोसेन्कोले हार स्वीकारिसकेका छन्।

सर्भेन्ट अफ द पिपुल अर्थात् जनताको सेवक नामको हाँस्य टेलिसिरियलमा युक्रेनको कुलीनतन्त्रलाई तोड्दै संयोगवस राष्ट्रपति बन्ने पात्रको अभिनय गर्ने जेलेन्स्कीलाई युक्रेनीहरूले वास्तविकतामै संस्थापनविरूद्धको प्रतीकका रूपमा अर्थ्याएका छन्। त्यही भएर तीन साताअघि भएको पहिलो चरणमा ३० प्रतिशतमात्र मत पाएका उनले दोस्रो चरणमा  आफ्नो पक्षमा ४५ प्रतिशत मत थपे। जबकी पहिलो चरणका ३७ उम्मेद्वारमध्ये १५ प्रतिशत मत पाएका राष्ट्रपतिले दोस्रो चरणमा १० प्रतिशत मात्र मत बढाउन सके।

एक्जिट पोलका नतिजाहरू सार्वजनिक भएपछि राष्ट्रपति पोरोसेन्कोले चुनावी परिणामले अनिश्चितता र अस्थिरतातर्फ लिएको प्रतिक्रिया दिएका छन्। धनाढ्य पोरोसेन्को सन् २०१४ मा रूसले युक्रेनको क्रिमियालाई रूसमा गाभेपछि रूसविरोधी नारा दिएर सत्तामा आएका थिए। तर उनको कार्यकाल पनि युक्रेनीको जीवनस्तरमा सुधार नआएको र सरकारी भ्रष्टाचार झन् बढेको भन्दै नागरिकमा असन्तुष्टि थियो।

‘म राष्ट्रपति कार्यालय छोड्नेछु तर जोड दिएर भन्न चाहन्छु, म राजनीति छोड्ने छैन,’ उनले भने।

जेलेन्स्कीले भने समर्थकहरूलाई सम्बोधन गर्दै उनीहरूलाई निराश नपार्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

चुनावी अभियानमा कुनै राजनीतिक र सामाजिक विषयलाई भन्दा अरू उम्मेदवारभन्दा आफू किन ठीक छु भन्ने कुरालाई एजेन्डा बनाएका जेलेन्स्कीले भने- आधिकारीक रूपमा म अझै राष्ट्रपति भइसकेको छैन। तर युक्रेनी नागरिकको हैसियतमा पोस्ट सोभियत युनियनका देशहरूलाई म भन्न सक्छ- हामीलाई हेर, जे कुरा पनि सम्भव छ।

युक्रेनका राष्ट्रपतिलाई सुरक्षा, प्रतिरक्षा र विदेश नीति निर्धारणमा विशेष भूमिका हुन्छ।

चुनावी प्रचारताका सरकार कसरी चलाउने भन्ने स्पष्ट भिजन सार्वजनिक नगरेको, यसअघि कुनै राजनीतिक जिम्मेवारी नसम्हालेको र संगठनभन्दा पनि स्टारडमको प्रयोग गरी नागरिकलाई हसाएर चुनाव जितेका जेलेन्स्कीले वास्तविक जीवनमा यसको प्रयोग कसरी गर्छन् भन्ने हेर्न बाँकी छ।

उनको राष्ट्रपति कार्याकाल किन पनि कठिन छ भने युक्रेनको राजनीतिमा पूर्वीछिमेकी शक्ति राष्ट्र रूसको प्रभाव निकै बलियो छ।

पाँच वर्षअघि रूसविरोधी नारा दिएर चुनाव जितेका हारपछि ट्वीटरमा भनेका लेखेका छन्- अनुभवविहीन युक्रेनको एउटा नयाँ राष्ट्रपति छिट्टै रूसी प्रभावको कक्षभित्र पर्नेछन्।

एजेन्सि






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution