इजरायलमा नेपाली दुतावासले २५६३ औं बुद्ध जयन्ती मनाउने,नेपाली समुदायको संघसंस्थालाई सहभागी हुन आव्हान

तेलअविव – नेपाली दुतावास इजरायलले एशियाका ज्योति तथा नेपालका गौरव गौतम बुद्धको २५६३ औं बुद्ध जयन्ती आउँदो १८ मे २०१९ (शनिबार)का दिन मनाउने भएको छ |
इजरायल स्थित नेपाली समुदायको संघसंस्थाहरु संग समन्वय र सहकार्यमा बृहत समारोहका बिच बुद्ध जयन्ती मनाउन लागेको हो | बुद्ध जयन्तीलाई सफलतापुर्वक मनाउन इजरायल स्थित नेपाली समुदायको संघसंस्थालाई सहभागी हुन अनुरोध गरेको छ |
इजरायलमा सन् २०१० देखि नेपाली समुदायको संघसंस्था मिलेर बुद्ध जयन्ती मनाउदै रहेको छ | पछिल्लो संयममा नेपाल आदिवासी जनजाती महासंघ इजरायलको पहलमा इजरायल स्थित सम्पूर्ण संघसंस्था मिलेर बुद्ध जयन्ती मनाउदै आईरहेको थियो | सन् २०१० देखि मनाउदै आएको बुद्ध जयन्ती कार्यक्रम यस बिचमा नेपाली दुतावास इजरायलको नेतृत्वमा दुई पटक बुद्ध जयन्ती सम्पन्न गरी सकेको छ |
यसपटक फेरी इजरायलका लागि नवनियुक्त महामहिम राजदुत डा. अन्जान शाक्यको पहलमा दुतावासले बुद्ध जयन्ती मनाउन यहाँस्थित संघसंस्थालाई सहभागी हुन आव्हान गरेका छन् |
नेपाली दुतावास इजरायल द्वारा जारी सूचना