हेडलाईन

शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै         बहराइनमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी        

प्रधानमन्त्री ओली र इजरायली प्रधानमन्त्री नेतान्याहु बीच टेलिफोन वार्ता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुबीच टेलिफोन वार्ता भएको छ । उहाँहरुबीच दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध थप प्रगाढ बनाउने तथा उच्चस्तरीय भ्रमण आदानप्रदानको विषयमा कुराकानी भएको बालुवाटार स्रोतले जनाएको छ ।


इजरायलका लागि महामहिम नेपाली राजदूत डा. अन्जान शाक्यको विशेष पहलमा उहाँहरुबीच टेलिफोन वार्ता सम्भव भएको जनाउँदै बालुबाटार स्रोतले भनेको छ , दुई प्रधानमन्त्रीबीच नेपाली समय अनुसार गएराति पौने ११ बजे टेलिफोन वार्ता भयो । वार्ता सौहार्दपूर्ण रह्यो ।
प्रधानमन्त्री ओलीले हालै इजरायलमा सम्पन्न संसदीय आम निर्वाचनमा प्रधानमन्त्री नेतान्याहुका पार्टी विजय भएकोमा उहाँलाई बधाई दिनुका साथै नेपाल भ्रमणका लागि आग्रह गर्नुभएको छ । त्यसैगरी इजरायली प्रधानमन्त्री नेतान्याहुले प्रधानमन्त्री ओलीलाई इजरायल भ्रमणका लागि आग्रह गर्नुभएको बालुबाटार स्रोतले पुष्टि गरेको छ ।

प्रधानमन्त्रीद्वयबीचको यो टेलिफोन वार्ताले राष्ट्रपति तहमा समेत भ्रमण आदानप्रदान हुने सम्भावना बढेको छ ।तत्कालीन प्रधानमन्त्री बीपी कोइरालापछि नेपाल र इजरायलबीच उच्चस्तरीय भ्रमण हुन लागेको यो पहिलो पटक हुनेछ । बीपी कोइरालापछि प्रधानमन्त्री केपी शर्मा ओली र इजरायली प्रधानमन्त्रीबीच वार्ता भएको पनि यो पहिलो पटक हो । मैत्रीन्युजबाट






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution