श्रीलंका बम विस्फोटमा परी ५० को मृत्यु ,दुई सयभन्दा बढी मानिसहरु घाइते

बीबीसी । श्रीलंकामा भएका छुट्टाटुट्टै बम विष्फोटका घटनामा मृत्यु हुनेको संख्या ५० पुगेको छ । चर्च र होटलहरुमा भएका विष्फोटमा परी दुई सयभन्दा बढी मानिसहरु घाइते भएका छन् ।
अहिलेसम्म प्राप्त जानकारी अनुसार श्रीलंकाका कम्तिमा पनि छ स्थानमा बम विष्फोट भएको छ । जस मध्ये कोच्चीकाड, नेगोम्बो र बाटिकालोअ चर्चमा ईस्टर सण्डेलाई लक्षित गरेर विष्फोट गराइएको हो । यस्तै कोलम्बानेका सुविधा सम्पन्न होटलहरु सांग्रि–ला, सिनामोन ग्राण्ड र किंङ्ग्सबेरीमा पनि विष्फोट गराइएको बीबीसीले जनाएको छ ।
इसाई धर्मावलम्बीको प्रमुख पर्व ईस्टर सण्डे चलिरहेका बेला चर्च र होटलमा विष्फोट भएको हो । विष्फोटमा परी घाइते भएकाहरुको कोलम्बोका अलग–अलग अस्पतालहरुमा उपचार भइरहेको छ ।