भारतीय दूतावासद्वारा तामाङ वस्तिमा रहेको छ्योइफेल गुम्बाको पुनर्निर्माण
काठमाडौं । भारतीय राजदूतावासले सिन्धुपाल्चोक जिल्लाको लिशंखु गाउँमा छ्योइफेल कुन्देलिङ गुम्बाको पुनर्निर्माण गरेको छ । भारतीय दूतावासको आर्थिक सहयोगमा गुम्बा पुनर्निर्माण गरिएको हो ।
पुनर्निमाणसँगै १ करोड ८९ लाख अनुदान सहयोगमा आवास, भान्छा, सरसफाइ सुविधा तथा कम्पाउन्ड पर्खालजस्ता थप संरचनाको निर्माण भएको छ ।
भारतीय राजदूतावासका नियोग उप–प्रमुख डा. अजय कुमारको विशेष आतिथ्यतामा गुरु स्याल्पातेन्जिङ रिम्पोछेले ६ वैशाख २०७६ मा उक्त भवनको उद्घाटन गरेका थिए ।
वास्तुकला डिजाइन, नक्सा र लागत अनुमान तयार पारी एवं गुम्बा निर्माणको सुपरिवेक्षण गरी जिल्ला समन्वय समिति चौताराले उक्त परियोजनाको कार्यान्वयन गरेको थियो ।
लिशंखु गाउँवासीको सक्रिय पहल तथा योगदानमा सन् १९४६ मा सो छ्योइफेल कुन्देलिङ गुम्बाको निर्माण भएको थियो ।
बौद्ध धर्म शिक्षा, थांका चित्रकला, काष्ठकला तथा मूर्तिकलाजस्ता विविध सामाजिक–सांस्कृतिक क्रियाकलापमा गुम्बाको संलग्नता रहँदै आएको छ ।
उक्त गुम्बा एक महŒवपूर्ण सम्पदा मात्र नभएर त्यहाँ अवस्थित मानिसको सामाजिक–सांस्कृतिक जीवनको अभिन्न पाटो पनि हो @ राजधानिबाट