कुलमान घिसिङको निर्देशन ‘ट्रेड युनियनको चुनावमा गाडी नदिनु’

काठमाडौँ– नेपाल विद्युत प्राधिकारणका कार्यकारी निर्देशक कुलमान घिसिङले वैशाख १९ गते हुने ट्रेड युनियनको चुनावमा सवारी साधान उपलब्ध नगराउन निर्देशन दिएका छन्।
नेपाल विद्युत प्राधिकरण अन्तरगतका सबै कार्यलयलाई पत्रचार गर्दै निर्वाचन अरु सहयोग गर्न निर्देशन दिएका घिसिङले निर्देशनालय र अन्तरगतका कुनै पनि कार्यालय, आयोजनाहरुबाट कुनै पनि सवारी साधन कुनै पनि ट्रेड युनियनलाई उपलब्ध नगराउन निर्देशन दिएका हुन्।
बिहीबार घिसिङले विज्ञप्ती निकाल्दै निर्वाचन प्रयोजनका लागि सामान्य सेवा विभागबाट उपलब्ध गराइएको सवारी साधानबाहेकका गाडी नदिन निर्देशन दिएका हुन्। निर्देशन विपरित काम कारबाही भए विभागीय कारबाही गर्ने समेत चेतावनी दिएका छन्।
५ बैशाख २०७६