हेडलाईन

बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै        

विप्लव समूहलाई नेपाल बन्द फिर्ता गर्न तामाङ घेदुङको माग

याम्बु – तामाङ समुदायको ऐतिहासिक, धार्मिक एवं सांस्कृतिक पर्व तेमाल जात्राको दिन विप्लव समूहले बन्द गर्ने निर्णयलाई फिर्ता लिन घेदुङले माग गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (विप्लव) समूहले गर्ने भनेको नेपाल बन्द तामाङ समुदायले मान्ने तेमाल जात्राको दिन परेको हुनाले नेपाल तामाङ घेदुङले प्रेस विज्ञप्ती निकालेर बन्द फिर्ता गर्न माग गरेका हुन् ।

तेमाल जात्रामा काभ्रेको तेमाल, मकवानपुर, दोलखा, सिन्धुपाल्चोक, सिन्धुलि, ललितपुर, भक्तपुर लगायतको ठाउँहरुबाट तामाङहरुको बाग्लो रुपमा सहभागी हुँने हुँदा मेला भर्न आएकाहरुलाई समस्य नपरोस भनि बन्द फिर्ता गर्न घेदुङले विज्ञप्ती मार्फत माग गरेको हो ।

तेमाल जात्रा चैत्र पुर्णिमाको अघिल्लो दिन बैशाख ५ गते बिहीबार बौद्ध र दोस्रो दिन बैशाख ६ गते पुर्णिमाको दिन स्वयम्भूमा मनाउँदै आएका छन् । उक्त जात्रामा मृत चित्ताको चीरशान्तिका लागि बौद्धमा लामाहरुद्धारा पूजापाठ गर्ने, म्हाने घुमाउँने, कोरा गर्ने, छ्युमे नाङसाल बाल्ने प्रचलन आदमि कालदेखि नै चल्दै आएको छ ।

घेदुङले बुधबार निकालेको प्रेस विज्ञप्तीमा तामाङ समुदायले मनाउँने धार्मिक एवं सांस्कृतिक पर्व तेमाल जात्राको दिन चैत्र पुर्णिमाको अघिल्लो दिन र पुर्णिको दिन २ दिन सार्वजनिक विदा घोषणा गर्न समेत माग गरेका छन् । साथै बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष चन्द्रमान तामाङले तेमाल जात्राको विषयमा गरेको पत्रकार सम्मेलनमा विप्लव समूहको बन्द फिर्ता लिनु पर्ने माग गरेका थिए |

-नाम्सादिम ग्यामसे |

प्रेस विज्ञप्तीको पूर्ण अंश






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution