हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

इजरायलको टिकट काटेकी सुनिताको घरमा ‘अवैध प्रेमी’को लास

३ वैशाख, काठमाडौं । विशालनगर, काठमाडौंकी ४० वर्षीया सुनिता (नाम परिवर्तन) एक दशकदेखि रोजगारीका क्रममा इजरायलमा थिइन् । छोराछोरीलाई राम्रो पढाउने र केही रकम जोहो गर्ने सपना बोकेर उनी श्रीमानसँग सल्लाह गरेरै त्यहाँ पुगेकी थिइन् ।

सुरुवाती दिनमा राम्रो आम्दानी नभए पनि पछिल्ला वर्षहरुमा उनले मासिक दुई लाख रुपैयाँसम्म कमाउन थालिसकेकी थिइन् । राम्रो आम्दानी भएपछि उनलाई पनि फर्किहाल्न मन लागेन । घर श्रीमानले सम्हालेकै थिए, त्यसैले उनी लामो समय इजरायलको रोजगारीमै व्यस्त भइन् ।

सुनिता वर्षमा एकपटक विदा लिएर नेपाल आउँथिन् । तर, सरकारी जागिरे श्रीमानले घर विदा आएकी सुनितालाई धेरै समय दिन भ्याउँदैनथे । सुनिता केही समय नेपालमा बसेर फर्किन्थिन् ।

समयक्रमसँगै सुनिता सामाजिक सञ्जाल फेसबुकमा भेटिएका एक व्यक्तिसँग नजिकिन थालिन् । करिव ५ वर्ष अगाडि फेसबुकमार्फत साथी बनेका रामेछापका मीनप्रसाद श्रेष्ठसँग सुनिता आफ्नो मनका बह पोख्थिन् । सदरमुकाम मन्थलीमा मोबाइल पसल चलाइरहेका मीनप्रसाद पनि सुनितासँग गफिन्थे ।

पछिल्लो समयमा सुनिता काठमाडौंमा रहेका श्रीमान र छोराछोरीभन्दा श्रेष्ठसँगै नजिक भइसकेकी थिइन् । उनले विदामा नेपाल आएका बेला श्रेष्ठलाई भेट्ने र आर्थिक सहयोग गर्ने गर्न थालिन् । विदामा आउँदा दुबैले आपसमा भेट भएर माया साटासाट गर्न थाले ।

यो पटक पनि सुनिता विदामा आएकी थिइन् । उनलाई भेट्न मीनप्रसाद पनि मन्थलीबाट काठमाडौंसम्म आए । तर, ०७६ सालको ‘न्यू इयर इभ’मा एउटा घटना घट्यो, जसले सुनीताको जीवनमा नयाँ ट्वीस्ट ल्यायो ।

यो घटनाले अहिले सुनिता र उनका श्रीमानलाई प्रहरी हिरासतमा पुर्‍याएको छ ।

आखिर त्यस्तो के भयो त ?

सुनितासँग पुनः इजराइल फर्किन २ वैशाखको प्लेन टिकट थियो । फर्किनुअघि उनी श्रेष्ठसँग रमाइलो गर्न चाहन्थिन् । त्यसैले उनी नयाँ वर्षको पूर्वसन्ध्यामा साथीहरुसहित ठमेलको दोहोरी साँझमा गइन्, जहाँ श्रेष्ठलाई पनि बोलाइएको थियो । मदिरामा लठ्ठ सुनिता मध्यराततिर घर फर्किइन्, श्रेष्ठलाई भने सुनितासँग छुट्टिने मन पटक्कै थिएन ।

सुनिता घर पुगेपछि तारन्तार फोन आइरह्यो । मदिरामा लठ्ठ सुनिताले फोन आएको थाहै पाइनन् । श्रीमानले भने नोटिस गरे, जो उमेरले ५ दशक टेकिसकेका थिए ।

‘श्रीमतीको फोन आएपछि मैले उठाएँ, उताबाट हेलो मात्र भनियो, अरु केही शब्द आएन’, अनुसन्धान अधिकारीसमक्ष सुनिताका श्रीमानले भनेका छन्, ‘त्यसपछि फोन काटियो ।’

मोबाइलको घण्टी बज्ने क्रम भने रोकिएन । सुनिताका श्रीमानले जतिपटक उठाए पनि आवाज भने आएन । उनको मनमा चिसो पस्यो । श्रीमतीलाई यसबारे सोध्न खोजे । तर, सुनिता बोल्न सक्ने हालतमै थिइनन् ।

त्यसपछि सुतेका श्रीमान निदाउन मात्र के लागेका थिए, घरभित्र कोही हिँडेको जस्तो आवाज आयो । उनी बोले, ‘बाहिर को हो ?’ माथिल्लो तलामा दुई छोरी बस्ने भएकाले उनीहरु हिँडेका हुन् कि भन्ने उनलाई लागेको रहेछ । तर, उनले कुनै जवाफ पाएनन् ।

उनी आफैं बाहिर निस्किए । कोही हिँडेको चाल पाइहाले । उनलाई लाग्यो, घरभित्र चोर पसेछ ! चारतले घरको दोस्रो तलामा रहेका उनी तेस्रो तलामा उक्लिए । तर, त्यहाँ कसैको चालचुल थिएन । उनी आफ्नै कोठामा फर्किए र सुते ।

०००

बिहान उठ्दा सुनिताका श्रीमानले आफ्नो घरछेउ चेपमा एक अधवैंशे युवकको शव देखे ।

श्रीमती निद्रामै थिइन् । गाउँलेहरु जम्मा भए । प्रहरी कन्ट्रोल १०० मा खबर भएपछि महानगरीय प्रहरी वृत्त, कमलपोखरी र महानगरीय अपराध अनुसन्धान महाशाखाको टोली घटनास्थलमा पुग्यो ।

प्रारम्भिक जाँच मुचुल्का तयार पारेर प्र्रहरी फर्किँदासम्म सुनिता निन्द्रामै थिइन् । अनुसन्धान अधिकारीले भने छानविन गर्ने क्रममा शव भेटिएको आसपासका व्यक्तिलाई मृतक व्यक्तिको तस्वीर देखाएर सोधपुछ गर्न थाल्यो । तर, उनलाई चिन्ने कोही भेटिएनन् ।

प्रहरीले सुनिताका पतिलाई पनि त्यो तस्वीर देखाएका थिए । उनले पनि पहिचान गर्न सकेनन् ।

सोधपुछकै क्रममा केही पर रहेकी सुनिताकी आफन्तको घरसम्म प्रहरी पुग्यो, जहाँ महत्वपूर्ण सुराक हात लाग्यो । त्यहाँ भेटिएकी महिलाले भनेकी थिइन्, ‘ऊ हामीसँग हिजो राति दोहोरी साँझमा गएको थियो ।’

तिनै महिलाको वयानलाई पछ्याउँदै जाँदा अनुसन्धान अधिकारीको टोली फेरि त्यहीँ पुग्यो, जहाँबाट अनुसन्धान सुरु भएको थियो ।

अर्थात्, शव भेटिएको घटनास्थलसँगै जोडिएको सुनिताको घरमै अनुसन्धानको सुई सोझियो । सुरुमा त सुनिताले युवकसँग चिनजान भएको स्वीकार गर्न मानिनन् । तर, उनको मृत्यु भइसकेको थाहा पाएपछि प्रहरीलाई सबै कुरा भन्न तयार भइन् ।

त्यसपछि बल्ल खुल्यो, सुनिताको घरछेउमा भेटिएको शव उनीसँगै फेसबुकबाट सम्बन्ध गाँसेका मीनप्रसादकै रहेछ ।

०००

मीनप्रसाद कसरी मरे ? उनको हत्या भएको हो कि होइन ? अब प्रहरीको खोजीको विषय बन्यो । प्रहरीको शंका सुनीताका श्रीमानतिर सोझियो, ‘कतै श्रीमतीसँगको सम्बन्धबारे थाहा पाएर उनैले त हत्या गरेनन् ?’ उनीमाथि शंका गरिनु स्वभाविक पनि थियो । किनकि, राति आएको ब्ल्याङ्क कल र चोर आएको हुन सक्ने घटनाबारे उनले बेलिविस्तार लगाइसकेका थिए ।

तर, घरको छतमा श्रेष्ठको हत्या भएको वा छतबाट उनलाई झारेको कुनै किसिमका प्रमाण प्रहरीले भेट्टाउन सकेन । न त त्यहाँ कुनै संघर्षको संकेत थियो, न छरछिमेकले नै कुनै हल्लाखल्ला सुने ।

माथिल्लो तलामै सुतेका दुई छोरीले पनि घटनाबारे बिहान मात्रै थाहा पाएको प्रहरीलाई बताएका छन् ।

सुनिताको श्रीमानको शारीरिक अवस्थाले पनि यदि दुईजनाबीच झगडा भएको भए श्रेष्ठ नै बलियो साबित हुने स्थिति देखिएको अनुसन्धान अधिकारीहरु बताउँछन् । एक त रोगी, त्यसमाथि उनको दुई दिनअघि मात्रै सानै भए पनि अपरेसन भएको रहेछ ।

तर, अभियुक्तले अपराध गरिसकेपछि प्रमाण नष्ट गर्न अनेक हतकण्डा अपनाएका घटनाहरु पनि प्रशस्तै भेटिन्छन् । त्यसैले प्रहरी उनीमाथि नै शंका गर्दै सुक्ष्म अनुसन्धानमा जुटिरहेको थियो । यद्यपि, हालसम्म सुनिताका श्रीमानविरुद्ध केही प्रमाण भेटिएको छैन ।

०००

अनसुन्धानका क्रममा प्रहरीले सुनिता र उनका श्रीमानसँग लिएको वयानबाट भने मदिरामा लठ्ठ मीनप्रसाद श्रेष्ठ फोन नउठेपछि त्यहाँ आएको हुन सक्ने देखिएको छ । ‘गेटबाट छिर्नेवित्तिकै फलामको गोलो भ¥याङबाट उनीमाथि चढेकोजस्तो देखिन्छ’, एक प्रहरी अधिकारी भन्छन्, ‘सुनिताका श्रीमान चोर आएको हो कि भन्दै बाहिर निस्किएका बेला देख्ने डरले मीनप्रसाद छततिर गएका हुन सक्छन् ।’

सुनिताको घरसँगै जोडिएको छ, अर्को एक तले घर । छतमा पुगेर उक्त घरको छतमा हामफाल्न खोज्दा दुई घरबीच रहेको चेपमा झरेको हुन सक्ने देखिएको छ । तर, अनुसन्धान जारी रहेकाले कुनै पनि निष्कर्षमा पुग्न हतारो हुने प्रहरी बताउँछ ।

मीनप्रसाद राति नशाको सुरमा आफैं नै सुनिताको घरमा पुगेको मान्ने हो भने उनी यसअघि पनि त्यो घरको पुगेको हुनुपर्ने स्पष्ट हुन्छ । नत्र नशामा डुबेको मानिस त्यहाँ पुग्न सक्दैन ।

श्रेष्ठ परिवारको जाहेरीपछि पक्राउ

घटनापछि मृतक श्रेष्ठका परिवारले सुनिता र उनका श्रीमानले हत्या गरेको दाबीसहित कमलपोखरी प्रहरीमा किटानी जाहेरी दिएका छन् । त्यसै आधारमा दुईजनालाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त, कमलपोखरीका प्रमुख डीएसपी रविन्द्रनाथ पौडेल बताउँछन् ।

‘हामी अनुसन्धान गरिरहेका छौं, अनुसन्धान सकिएपछि मात्रै विस्तृत कुरा खुल्नेछ’ पौडेलले  भने ।

श्रेष्ठको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ ।

अनुसन्धान अधिकारीहरुलाई सुनिताले दिएको वयान अनुसार मृतक श्रेष्ठले गत माघमा मात्रै विवाह गरेका थिए । बिहे गरेपछि सुनिताले ‘पहिले जे भयो भयो, अब हामी सम्पर्कमा नरहुँ’ पनि भनेकी थिइन् । तर, न्यू इयर इभमा रमाइलो गर्न भेट्दा सुनिताको विवाहेत्तर प्रेम सम्बन्ध मात्रै खुलेन, उनले आफूसँगै श्रीमानलाई पनि प्रहरी हिरासतमा पु¥याइन् ।

आखिर मन्थलीका नवविवाहित मीनप्रसाद श्रेष्ठले परस्त्रीको घरमा पुगेर कसरी मृत्युवरण गरे ? यो चाहिँ प्रहरीको विस्तृत अनुसन्धानपछि नै खुल्ला ।

तैपनि यो घटनाले घरमा जहान परिवार हुँदाहुँदै अरुसँग लहसिनेहरुका लागि एउटा वियोगान्त पाठ सिकाएको छ ।

आखिर सुनितामा त्यस्तो के थियो, जसले नवविवाहित मीनप्रसादलाई मन्थलीबाट तानेर ठमेलसम्म लाइपु¥यायो ? अनि त्यहाँबाट तानेर केले राति नै सुनिताको घरैसम्म पुर्‍यायो ? आखिर मानिस किन यत्ति साह्रो क्रेजी हुन्छ ? यसको विश्लेषण गर्ने जिम्मा चाहिँ समाजशास्त्री एवं यौन मनोविज्ञहरुलाई दिनुपर्ला कि ?

-अनलाइनखबर बाट






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution