हेडलाईन

शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै         बहराइनमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी        

नेपाली युवतीलाई केन्याको डान्स बार पुर्याउने मानव तस्करी पक्राउ

काठमाडौं : १२ नेपाली महिलाहरुलाई तस्करी गरी केन्यामा यौन व्यवसायमा लगाउने काम गर्ने  भारतीय मुलका बेलायती नागरिक रहेको खुलेको छ।

केन्याको प्रहरीले गत शनिबार त्यहाँको डान्स बार र क्लबमा छापा मार्ने क्रममा १२ नेपाली महिलासहित त्यसका सञ्चालकलाई पक्राउ गरेको थियो। प्रहरीले १२ नेपाली महिलासँगै क्यानडाको राहदानीसहित क्लबका सञ्चालक अमिराली अलिभाइलाई  पक्राउ गरेको थियो |

प्रहरीले अलिभाई विरुद्ध नेपाली महिलालाई झुक्याएर आफ्नो क्लबमा प्रयोग गरेको दाबी सहित त्यहाँको अदालतमा मुद्दा दर्ता गरेको छ।

केन्याको मोम्बासा काउन्टीको नियालीमा रहेको न्यू रंगीला बार एण्ड एम्की प्लाजाबाट उनीहरुलाई पक्राउ गरिएको थियो।

प्रहरीले बारका मालिक माथि तीन वटा मुद्दा दर्ता गरेको त्यहाँको अनलाइन दि स्टारले जनाएको छ।

उनीविरुद्ध प्रहरीले मानव तस्करी, त्यसका लागि उक्साएको र नेपाली महिलाको राहदानीसहितका कागजातहरु नियन्त्रणमा लिएको अभियोग लगाइएको छ।

उनले क्लबलाई नेपालीलाई मानव तस्करीलाई संक्षण गर्ने गरी प्रयोग गर्न दिएको अभियोग समेत लगाइएको छ।

उनले आफूविरुद्ध लागेका सबै अभियोग सान्जु अदालतका सिनियर प्रिन्सिपल म्यजिस्ट्रेट डेभिड ओडिएम्बोका अगाडि अस्वीकार गरेका छन्। उनले धरौटीमा रिहाइको माग गरेका थिए। तर, अदालतले उनको याचिकालाई खारेज गरिदिएको छ। उनी भाग्न सक्ने भन्दै धरौटीमा रिहा गर्न अस्वीकार गरिएको हो।

उनी भारतीय हुन र उनीसँग दुई वटा राहदानी छन्। एउटा भारतको र अर्को युकेको। स्टेक कान्सुल सखाक्वीला अइखाका अनुसार उनलाई राहदानी बुझाउन भनिएको तर उनले अस्विकार गरेपछि धरौटीमा छाड्दा भाग्न सक्ने भएकाले धरौटी अस्वीकार गरिएको बताए।

‘उनी केन्याका नागरिक नभएको र उनीमाथिको अभियोग हेर्दा उनी भाग्न सक्ने देखियो,’ उनले भने।

त्यस्तै स्टेट कन्सुलरले पक्राउ परेका नेपालीलाई फिर्ता पठाउनुपर्ने बताए। उनीहरुलाई मानव तस्करीको मुद्दामा साक्षीको रुपमा राखिएको छ।

‘यो मुद्दामा अदालतले शीघ्र सुनुवाई गर्छ ताकि नेपाली महिलाहरुसँग उनीहरु नेपाल फिर्ता जानु अगाडि नै बयान लिइयोस,’ उनले भने।

अभियुक्त पक्षका वकिलहरुले अदालतमा उनी भारतीय भएको भन्ने दाबीलाई खारेज गरेका छन्। उनका वकिल जारेड मागोलो र विक्लिफ माकासेम्बोले उनीसँग युके र क्यानडाको दुई वटा नागरिकता रहेको दाबी गरेका छन् @ पहिलोपोस्ट 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution