अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायलले नयाँ बर्ष २०७६ भव्यताको साथ मनायो

तेलअविव – अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायल शाखाको आयोजनमा नेपाली नयाँ वर्ष २०७६ सालको पवन अवसरमा १२ अप्रिल २०१९ (शुक्रबार) नयाँ वर्ष सांगीतिक धमाका २०७६ कार्यक्रम भब्यताको साथ मनाएको छ |
मंचकी अध्यक्ष पेमा लामा तामाङको सभापतित्वमा भएको कार्यक्रममा बिशेष अतिथि मंचका संरक्षक कृष्ण रायमाझी, नेपाल आदिवासी जनजाति महासंघकी उपाध्यक्ष नुमा कङ्बा बोखिम र अतिथिहरुमा इजरायल स्थित संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु रहेका थिए |
कार्यक्रमका सभापति पेमा लामा तामाङले पानसमा बत्ती बालेर उद्घाटन गरेको कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरुलाई स्वागत गर्दै मंचकी बरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक कादम्बरी दाना श्रेष्ठले स्वागत मन्तव्य राखेकी थिइन् ।
नेपालबाट आमन्त्रित राष्ट्रिय कलाकार राजेश पायल राई र कुशल थालङको साथमा अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायल शाखाका कलाकारहरुले जोडदार गित र निर्त्यहरु प्रस्तुत गरी भर्पुक मनोरंजन प्रदान गरेका थिए |
कार्यक्रममा कलाकार राजेश पायल राई र कुशल थालङलाई अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायल शाखा ,किराँत याक्थुङ चुम्लुङ इजरायल र किराँत राई यायोख्ख इजरायलले सम्मान पत्र सहित खादा लगाएर सम्मान गरेका थिए |
डाक्टर महाबिर पुनको राष्ट्रिय अबिस्कार केन्द्रलाई सहयोगार्थ उद्धेश्यका साथ अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायल शाखाले नयाँ वर्ष सांगीतिक धमाका २०७६ आयोजना गरेको हो |
कार्यक्रम मंचकी महासचिव युनिका गुरुङ र राज लिम्बुले कुशलतापुर्वक सञ्चालन गरेका थिए |
फोटो – अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायल शाखा को फेसबुकबाट