हेडलाईन

शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै         बहराइनमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी        

थाङ्का पेन्टिङबाट गाउँमैं रोजगारी

वैशाख २, दोलखा । यस जिल्लाको मेलुङ गाउँपालिका ३ बाटुलेका ज्ञानबहादुर तामाङ गाउँमा बसेर पनि थाङ्का बनाएर राम्रै आम्दानी गरिरहेका छन् । करीव ४० वर्ष अघि देखि थाङ्का पेन्टिङ बनाउन शुुरु गरेका उनले गाउँमैं बसेर लोभलाग्दो आम्दानी गरिरहेको छन् ।

आफूले मात्र हैन उनले गाउँका ८ / १० जनालाई रोजगारी पनि दिएका छन् । काठमाडौंको ठमेलबाट अडर लिएर आफूले पेन्टिङ बनाउने गरेको उनले बताए । आफूले गाउँका ४०/५० जनालाई थाङका पेन्टिङ सिकाएको उनको भनाई छ । अहिले बौद्ध धर्म मान्ने मात्र नभएर बाहुन क्षेत्री तथा दलितहरु समेत आफू कहाँ पेन्टिङ सिक्न आउने गरेको उनले बताए ।

‘धेरैलाई पेन्टिङ गर्न सिकाइयो तर सिकेपछि सबै शहरको रमझम हेर्न शहर छिरे’, उनले भने, ‘गाउँमै बसेर पेन्टीङ गरे पनि कमाई हुन्थ्यो । अहिलेका युवाहरुलाई शहरको हावाले छोयो ।’ उनले पेन्टिङ सिकाएका ५० भन्दा बढी युवा राजधानीमा बसेर पेन्टिङ गरिरहेका छन् ।सरकारले सहयोग गरे पेन्टिङ सिकाएर गाउँमै थाङ्का कोर्ने सिपालु जनशक्ति उत्पादन गर्ने धोको भने अझै छ, उनमा । उनी भन्छन्, ‘खै कतैबाट अहिले सम्म सहयोग भएको छैन ।

कसैले सहयोग गरेमा गाउँका मानिसलाई पेन्टिङ सिकाउने मन अझै छ ।’ उनले भने , ‘अब त ६० बर्ष भइहालियो । कति नै समय पेन्टिङ बनाउन सकिएला र ?’ स्तरीय पेन्टीङ बनाउने हो भने बजारको समस्या नभएको उनको भनाई छ । वर्षको रू.१०। १५ लाखको थाङ्का पेन्टिङ बनाउने गरेको उनले बताए ।

गाउँमा नै बसेर युवाहरुले पेन्टिङ गरे आमदानी पनि हुने र गाउँ पनि शुन्य नहुने ज्ञानबहादुरको ठम्याई छ । बौद्ध धर्मसँग सम्बन्धित् थाङ्का पेन्टिङको मूल्य यो चित्र बनाइने शैली, चित्रको आकार र प्रयोग हुने रङ जस्ताको आधारमा रू.२ । ३ हजार देखि ४०। ५० हजार सम्म पर्ने उनले बताए । सिर्जनशिल र आयमुलक कामबाट नै गाउँको सम्बृद्धि हुने भएकोले यस्ता कामलाई गाउँपालिकाले प्रोत्साहित गर्ने मेलुङ गाउँपालिकाका अध्यक्ष नरबहादुर श्रेष्ठले बताए ।

यस्ता खालका आयआर्जन हुने काम गर्न संस्थागत रुपमा कार्यक्रम लिएर आए गाउँपालिका सहयोग गर्न तयार रहेको अध्यक्ष श्रेष्ठको भनाई छ । स्थानीय स्तरमै रोजगारी सिर्जना हुने यस्ता खालका सिपमूलक तालिम संचालनका लागि गाउँपालिकामा प्रस्ताव पेश गर्न समेत उनले आग्रह गरेका छन् @  अभियान |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution