हामी जुटौं हाम्रै लागि : इजरायलमा नयाँ बर्ष सांगितिक साँझ २०७६ भव्यताको साथ सम्पन्न

तेलअविव – एनआरएनए एनसीसी इजरायलको संरक्षणमा रहेको आपतकालिन अक्षयकोष इजरायलले नयाँ बर्ष विक्रम संम्बत २०७६ पावन अबसरमा आयोजित सांगितिक साँझ २०७६ भव्यताको साथ् सम्पन्न भएको छ |
एनआरएनए एनसीसी इजरायलकी अध्यक्ष एवम् आपतकालिन अक्षयकोष इजरायलका संयोजक शान्ता ज्ञवाली अधिकारीको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि एनआरएनए आईसीसी सदस्य (इजरायल) बिशाल ज्ञवाली ,बिशेष अतिथिहरुमा सांगितिक साँझ २०७६ का संयोजक एवम् नेपाल आदिवासी जनजाती महासंघ इजरायलका अध्यक्ष नरेश कुमार श्रेष्ठ,एनआरएनए एनसीसी इजरायलका संरक्षक दिपक वली लगायत २२ वटा आयोजक संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु र मिडियाकर्मीहरु रहेका थिए |
सांगितिक साँझ २०७६ का संयोजक एवम् नेपाल आदिवासी जनजाती महासंघ इजरायलका अध्यक्ष नरेश कुमार श्रेष्ठले उपस्थित सम्पूर्ण महानुभावहरुलाई सम्बोधन गर्दै स्वागत मन्तव्य तथा नयाँ बर्षको शुभकामना व्यक्त गर्नु भएको थियो |
औपचारिक कार्यक्रमलाई छोटाउने गरी प्रमुख अतिथि बिशाल ज्ञवाली र कार्यक्रमका सभापति शान्ता ज्ञवाली अधिकारीले मात्रा नयाँ बर्ष २०७६ को शुभकामना मन्तव्य राख्नु भएको थियो |
कार्यक्रममा नेपालबाट आमन्त्रित चर्चित कलाकारहरु गायिका प्रीति आले र कृष्ण काफ्ले लगायत स्थानीय कलाकारहरुले बेजोड प्रस्तुति संगै उल्लेखनीय रुपमा सहभागी नेपालीहरुले नयाँ बर्ष- २०७६ हर्षोल्लासका साथ मनोरन्जन गरी मनाएका थिए |
गायिका प्रीति आले र कृष्ण काफ्लेलाई सम्मान पत्र र मायाको चिनो उपहार प्रदान गरेर सम्मान गरेका थिए |
हामी जुटौं हाम्रै लागि भन्ने मूल उदेश्य सहित इजरायलमा कार्यरत नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु (बिरामी)हरुलाई सहयोग गर्ने मुख्य उद्धेश्यका साथ एनआरएनए एनसीसी इजरायलकोसंरक्षणमा इजरायल स्थित संघसंस्थाहरुको पहलमा आपतकालिन अक्षयकोष इजरायल स्थापना गरेको हो |
नयाँ बर्ष सांगेतिक साँझ २०७६ इजरायलमा स्थापित बिभिन्न सामाजिक , धार्मिक , जातीय , साहित्यिक र सांस्कृतिक गरी २२ वटा संघ संस्थाहरुको आयोजकत्वमा र १५ वटा मिडीया पार्टनरहरुको सहकार्यमा आपतकालिन अक्षयकोष इजरायलको कोष वृद्धि संगै नेपाली नयाँ बर्ष २०७६ को पावन अवसरमा शुभकामना आदानप्रदान गर्ने ध्येयको साथ सांगेतिक साँझ २०७६कार्यक्रमको आयोजन गरेको हो |
एनआरएनए एनसीसी इजरायलका सचिव निर्मला गुरुङ र आपतकालिन अक्षयकोष इजरायका सचिव सानु गुरुङले कुशलतापूर्वक संचालन गरेका थिए |