मृगौलापीडित अशोक लामाको लागि चार लाख बीस हजार छ सय सतचालिस रुपियाँ संकलन

ह्याङ्ला दोलखा-काठमाडौं तामाङ समाज र तराना कला केन्द्र द्वारा संयुक्त रूपमा आयोजित दुबै मृगौला पीडित भाइ अशोक लामाको उपचारमा सहयोगार्थ नयाँ बर्ष बि.सं. २०७६ को शुभ उपलक्ष्यमा “शुभकामना आदानप्रदान तथा बृहत सांस्कृतिक कार्यक्रम” काठमाडौंमा भब्य रूपमा सम्पन्न भयो ।
कार्यक्रममा रु. ४,२०,६४७।- (अक्षर रुपैयाँ चार लाख बीस हजार छ सय सतचालिस) रुपैयाँ सहयोग रकम संकलन गरि पीडित अशोक लामालाई हस्तान्तरण गरियो ।
कार्यक्रमको सभापति ह्याङ्ला दोलखा-काठमाडौं तामाङ समाजको अध्यक्ष सरोज मोहन लामाले गर्नुभएको थियो भने स्वागत मन्तब्य तराना कला केन्द्रको अध्यक्ष बसन्ती लामाले दिनुभएको थियो । त्यस्तै कार्यक्रममा प्रमुख अतिथि संघीय प्रतिनिधि सभा सांसद माननीय पार्बत गुरुङ हुनुहुन्थ्यो भने, विशेष अतिथिहरु पुर्ब मन्त्री आनन्द प्रसाद पोखरेल, प्रदेश नं. ३ सांसद माननीय पशुपति चौलागाईं, सुर्य थापा, श्याम बस्नेत, सरस्वती बस्नेत, प्रहरी बरिस्ठ उपरीक्षक बसन्त कुमार लामा हुनुहुन्थ्यो । अतिथिहरुमा धर्मेन्द्र मोक्तान लगायत विभिन्न राजनीतिक दलका नेता, संघ/संस्थाका ब्याक्तित्वहरु, कलाकारहरु, सहयोगी संघ/संस्था, ब्यक्ति, ब्यक्तित्वज्युहरु हुनुहुन्थ्यो । कार्यक्रमको पहिलो चरणमा औपचारिक कार्यक्रम भएको थियो भने दोस्रो चरण सांस्कृतिक कार्यक्रम भएको थियो । सांस्कृतिक कार्यक्रममा ख्याति प्राप्त कलाकारहरुले सांगीतिक कार्यक्रम प्रस्तुत गरेको थियो ।
कार्यक्रमको आयोजकले मिडिया पाटनरहरु, पत्रकार साथीहरु, कार्यक्रम सफल बनाउन अहोरात खट्ने आयोजक संस्थाका साथीहरू, बिरामीका आफन्तहरु, अमेरिकाबाट, आईरल्याण्डबाट, साईप्रसबाट र विभिन्न देशबाट सहयोग गर्ने, पहल गर्ने ब्यक्तिहरु, सहयोगी ब्यक्तिहरु, संघ/संस्थाहरु सबैमा र नेपालमै कार्यक्रमसम्म आई सहयोग गर्ने ब्यक्तिहरु, समुहहरु, संस्थाहरु सबैमा हार्दिक मुरी मुरी धन्यवाद दिनुभएको थियो र बिरामी अशोक लामाको शिग्र स्वास्थ्य लाभको कामना गर्दै सहयोग रकम हस्तान्तरण गरेको थियो । साथै भबिस्यमा पनि यस्तै मानवीय सहयोगमा साथ र पुनः सहयोगको आपेक्षाको कामन गरेका थिए ।
अन्तमा नयाँ बर्ष २०७६ सालको सुखद उपलक्ष्यमा देश बिदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना साथै सु-स्वास्थ्य, दिर्घायु र उत्तरोत्तर प्रगतिको कामना गर्दै कार्यक्रमको अन्तमा धन्यवाद मन्तव्य कार्यक्रम संयोजक ह्याङ्ला दोलखा-काठमाडौं तामाङ समाजको कोषअध्यक्ष मीन बहादुर तामाङले दिएर कार्यक्रम अन्त गरेको थियो ।
बिदेश बाट प्राप्त सहयोग रकम
अमेरिका :-TSNA, Advisor Lok Lama को पहलमा General Secretary Dolma Lama & TSNA, Board Of Director Sandeep Gole, TSNA सल्लाहकार सुर्य पाख्रीन लगायत अमेरिकामा बस्नुहुने सहयोगी मन भएका नेपाली दाजुभाइ दिदीबहिनीहरुबाट कार्यक्रम गर्ने दिनसम्म उठेको सहयोग रकम नेपाली रु. ९७,३६०।
डोल्मा र सन्दिपको पहलमा उठेको रक़म १ लाख १० हज़ार ।
अमेरिकाबाट जम्मा रु २ लाख ७ हजार ३ सय ६० हुन्छ ।
आयरल्यान्ड :-
ह्याङ्ला दोलखा-काठमाडौं तामाङ समाजका सम्पर्क तथा समन्वय संयोजक सिर्जना तामाङको पहलमा त्यहाँ रहेका नेपाली दाजुभाइ दिदीबहिनीहरुबाट नेपाली रु. ५०९८७।
साईप्रस :-
नेपाल तामाङ घेदुङ साईप्रसका अध्यक्ष साङ्मो थोकर र सबिता घिसिङबाट नेपाली रु. २१०००।