किराँत याक्थुङ चुम्लुङ इजरायलको साधारणसभाबाट अध्यक्षमा कुमार आङ्देम्बे अबि निर्वाचित

तेलअविव – किराँत याक्थुङ चुम्लुङ इजरायलको छैटौँ वार्षिकोत्सव तथा साधारणसभा तेलअविव इजरायलमा १३ अप्रिल २०१९ (शनिबार) का दिन सम्पन्न भएको छ |
साधारणसभाबाट निवर्तमान महासचिव कुमार आङ्देम्बे अबिको अध्यक्षतामा नयाँ कार्य समिति गठन भएको छ | नयाँ कार्य समितिका पदाधिकारीहरुमा अध्यक्ष : कुमार आङ्देम्बे अबि, प्रथम उपाध्यक्ष : नुमा काङ्भा बखिम,उपाध्यक्ष : जया कुमारी चेम्जोङ,महासचिब : राज आङ्देम्बे लिम्बु,सचिब : कन्चन काङ्भा बखिम,कोषाध्यक्ष : खुमा लिम्बु,सह- कोषाध्यक्ष : बसन वनेम , सदस्य : संगिता आङ्थुपो , सदस्य : सुदिप आङ्बुङ,सदस्य : प्रताप मोरेसङ, सदस्य : तुल्सा तुम्बाहाङ्फे,सदस्य : सकुन इजम र सदस्य : सन्जु केदेम रहेका छन् भने वरिष्ठ सल्लाहकार गिता तुम्बाहाङफेलाई चयन गरेको छ |
कार्यक्रममा नेपालबाटआमन्त्रित अथिति कलाकार गायक कुशल थलङ लिम्बु लगायत इजरायलवासी कलाकारहरुले गित र निर्त्य प्रस्तुत गर्दै मनोरन्जन प्रदान गरेका थिए |
साधारणसभामा किराँत याक्थुङ चुम्लुङ इजरायल संस्थाको गतिविधिहरुको प्रतिवेतन र आर्थिक आयव्ययको बिवरण प्रस्तुत गरेका थिए |
छैटौँ वार्षिकोत्सव तथा साधारणसभा कार्यक्रमलाई प्रत्यक्ष, अप्रत्यक्ष, आर्थिक, भौतिक, नैतिक तवरले साथ, सहयोग गर्नु हुने सम्पुर्ण चुम्लुङ तुम्म्याहाङ, शुभचिन्तकहरुलाई हार्दिक आभार व्यक्त गरेका थिए |