ओली सरकार आदिवासीविरुद्ध लाग्यो: कुमाल

काठमाडौं: नेपाल जनजाति पार्टीका पूर्व अध्यक्ष नगेन्द्र कुमालले वर्तमान सरकार आदिवासी जनजातिविरुद्ध लागेको आरोप लगाएका छन्। आज राष्ट्रिय सभा गृहमा आयोजित सत्ता बाहिरका दल समर्थित ११ विद्यार्थी संगठनले आयोजना गरेको कार्यक्रममा पूर्व सांसदसमेत रहेका कांग्रेस नेता कुमालले उक्त भनाई राखेका हुन्।
कार्यक्रममा उनले केपी ओलीको सरकारले जनजातिले मनाउँदै आएका चाडपर्वका बिदा काटेर बहुसंस्कृति विरुद्ध लागेको तर्क पेश गरे। कुमालले भने, ‘दुई तिहाइको दम्भले ओली सरकार फुलेको छ। बिदाहरु कटौती गरिएको छ। यो बहुसंस्कृतिविरोधी काम हो।’
नेता कुमालले अबको दिनमा आदिवासी ओली सरकारविरुद्ध लाग्नुको विकल्पसमेत नभएको धारणा राखे @ पहिलो पोस्ट