चर्चित गायिका प्रीति आले र कृष्ण काफ्ले इजरायल आईपुगे

तेलअविव – एनआरएनए एनसीसी इजरायलको संरक्षणमा रहेको आपतकालिन अक्षयकोष इजरायले नयाँ बर्ष – विक्रम संम्बत २०७६ पावन अबसरमा आयोजित सांगितिक साँझ २०७६ को कार्यक्रमको लागि नेपालबाट आमन्त्रित चर्चित कलाकारहरु गायिका प्रीति आले र कृष्ण काफ्ले इजरायल आईपुग्नु भएको छ |
कार्यक्रम भोलि अर्थात् अप्रिल १२ तारीख शुक्रबार साँझ वाईजमान ६० तेलअभिव स्थितमा रहेको हलमा हुना गईरहेको छ |
नेपालबाट आमन्त्रित कलाकारहरूको साथमा इजरायलवासी स्थानीय कलाकार हरुको बेजोड प्रस्तुति संगै नेपाली नयाँ बर्ष- २०७६ हर्षोल्लासका साथ मनाउने भएको छ ।
हामी जुटौं हाम्रै लागी भन्ने मूल उदेश्य सहित इजरायलमा कार्यरत नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु (बिरामी)हरुलाई सहयोग गर्ने मुख्य उद्धेश्यका साथ एनआरएनए एनसीसी इजरायलको संरक्षणमा इजरायल स्थित संघसंस्थाहरुको पहलमा आपतकालिन अक्षयकोष इजरायल स्थापना गरेको हो |
नयाँ बर्ष २०७६ सांगेतिक साँझ भव्य रुपमा इजरायलमा स्थापित बिभिन्न सामाजिक , धार्मिक , जातीय , साहित्यिक र सांस्कृतिक गरी २२ वटा संघ संस्थाहरुको आयोजकत्वमा र १५ वटा मिडीया पार्टनर हरुको सहकार्यमा कार्यक्रम भव्यताको साथ मनाउने भएको छ |
बेलुका ७ बजे देखि सुरु हुने कार्यक्रमको टिकट शुल्क १२० सेकेल रहेको छ साथै लेवेन्सकी पार्क देखि कार्यक्रम स्थल हलसम्म नि:शुल्क यातायातको व्यवस्था रहेको छ ।
कार्यक्रममा उपस्थिती भई कार्यक्रमलाई भव्य रुपमा सफल बनाउन इजरायलवासी सम्पूर्ण नेपालीहरुलाई हार्दिक अनुरोध गरेको छ |