हेडलाईन

शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै         बहराइनमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी        

राप्रपा अध्यक्ष कमल थापा प्रहरी नियन्त्रणमा !

काठमाण्डौ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापासहित केही नेतालाई प्रहरीले केहीबेर नियन्त्रणमा लिएर छाडेको छ ।

२२ सूत्रीय माग राख्दै धर्नामा बस्न जाँदै गर्दा अध्यक्ष थापा, दीपक बोहरा, बुद्धिमान तामाङ, भाष्कर भद्रासहितका नेता कार्यकर्तालाई प्रहरीले केहीबेर नियन्त्रणमा लिएर छाडेको राप्रपाका प्रचार विभाग प्रमुख तथा सह–प्रवक्ता मोहन श्रेष्ठले  जानकारी दिनुभयो ।

हिन्दू राष्ट्र पुनःस्थापना, राष्ट्रिय अखण्डताको रक्षा, भ्रष्टाचार नियन्त्रण, बेरोजगारी समस्या समाधानलगायतका मागमा दबाब दिन राप्रपाले आज काठमाण्डौलगायत सातै प्रदेशका राजधानी, ७७ वटै जिल्ला सदरमुकाममा एक घण्टा धर्नाको कार्यक्रम तय गरेको थियो ।

शान्तिपूर्ण धर्ना कार्यक्रमकै क्रममा प्रदर्शनी मार्गमा आउने क्रममा पद्मोदय मोडमा प्रहरीले हस्तक्षेप गरेको श्रेष्ठले जानकारी दिनुभयो ।

शान्तिपूर्ण कार्यक्रम गर्न पाउने संवैधानिक अधिकारमाथि प्रहरीले व्यापक हस्तक्षेप गरेको बताउँदै सरकार देशलाई मुठभेडमा लैजान चाहेको श्रेष्ठले बताउनुभयो ।

प्रहरीको हस्तक्षेपमा परि राप्रपाका ३० जनाभन्दा बढी नेता कार्यकर्ता घाइते भएको श्रेष्ठले बताउनुभयो । त्यस्तै शान्तिपूर्ण प्रदर्शनका क्रममा पोखराबाट पनि आफ्ना नेता कार्यकर्ता पक्राउ परेको श्रेष्ठले बताउनुभयो @उज्यालो |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution