हेडलाईन

बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै        

२ अर्ब २२ करोडको आइपीओ सेयर आउँदै, कुन कम्पनीको कति ?

काठमाडौं : नेपाल धितोपत्र बोर्डमा विभिन्न १५ कम्पनीले आइपीओ निष्कासनका लागि अनुमति मागेका छन् । यी कम्पनीहरुले कुल २ करोड २२ लाख ९७ हजार ५७५ कित्ता आइपीओ जारी गर्न अनुमति मागेका हुन् । यस आधारमा प्रतिकित्ता १०० रुपैयाँ दरले २ अर्ब २२ करोड ९७ लाख ५७ हजार ५०० रुपैयाँ बराबारको आइपीओ पाइपलाइनमा रहेको देखिन्छ ।

आइपीओ अनुमति माग्ने १५ मध्ये ९ वटा हाइड्रोपावर कम्पनी रहेका छन् । हाइड्रोपावरको मात्रै २ करोड २ लाख ७९ हजार ६५ कित्ता आइपीओ धितोपत्र बोर्डको पाइपलाइनमा रहेको छ । हाइड्रोपावरले अनुमति मागेकामा ३३ लाख ६६ हजार २८५ कित्ता आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि रहेको छ ।

यसमध्ये मैलुङ खोला जलविद्युत आयोजनाले स्थानीय बासिन्दालाई ३ लाख ६८ हजार १४४ कित्ता बिक्री गरिसकेकाले अब सर्वसाधारणमा आइपीओ निष्कासन गर्न लागेको हो । यता, लाफिङ बुद्ध पावर नेपाल, गज्र्याङ उपत्यका हाइड्रोपावर र रु रु जलविद्युत्त प्ररियोजनाले भने स्थानीयका लागि आइपीओ खुलाउन आवेदन दिएका छन् ।
हिमाल दोलखा हाइड्रोले भने स्थानीयको लागि १६ लाख कित्ता र सर्वसाधारणका लागि ६२ लाख कित्ता ल्याउन एकैसाथ आवेदन दिएको छ । शुभम् पावरले यसअघि स्थानीयलाई बिक्री गर्दा नबिकेको १ लाख ८० हजार ५८० कित्ता समेत जोडेर ५ लाख ८० हजार ५८० कित्ताका लागि आवेदन दिएको छ ।

यसैगरी, शिव श्री हाइड्रोले पनि यसअघि नै स्थानीयलाई २२ लाख १४ हजार ६०० कित्ता आइपीओ बिक्री गरेको थियो । उक्त बेला नबिकेको सेयर पनि सर्वसाधारणलाई बिक्री गर्न लागेको छ । यसले कुल ३३ लाख ५१ हजार १४० कित्ता जारी गर्न अनुमति मागेको छ ।

माउन्टेन इनर्जी नेपाल कम्पनीले ३९ करोड ३६ लाख ५ हजार ४ सय रुपैयाँ बराबरको ३९ लाख ३६ हजार ५४ कित्ता आइपीओ जारी गर्न अनुमति मागेको छ । सीइडीबी हाइड्रो फन्डले २२ लाख ८९ हजार ३०० कित्ता जारी गर्न लागेको छ । यसआधारमा हाइड्रोपावरको मात्रै २ अर्ब रुपैयाँभन्दा बढीको आइपीओ पाइपलाइनमा रहेको छ ।

यसैगरी, ५ वटा लघुवित्त कम्पनीले पनि आइपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा आवेदन दिएका छन् । जसमा इन्फिनिटि लघुवित्त, घोडीघोडा लघुवित्त, गुराँस लघुवित्त, जनसेवी लघुवित्त र स्वाभलम्बन माइक्रोफाइनान्स रहेका छन् । यिनीहरुले कुल १७ करोड १५ लाख ५१ हजार रुपैयाँ बराबरको १७ लाख १८ हजार ५१० कित्ता जारी गर्न लागेका हुन् ।

यसमा सबैभन्दा कम घोडीघोडा लघुवित्तले १ लाख ३२ हजार ६०० कित्ता र सबैभन्दा धेरै इन्फिनिटि लघुवित्तले ६ लाख ७४ हजार कित्ताका लागि आवेदन दिएका छन् । यस्तै, सीआइबीएल क्यापिटलले पनि ३ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता आइपीओ जारी गर्न लागेको छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution