हेडलाईन

बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै        

बेल्जियममा जनजाती महासंघ र तमु समाजले संयुक्त रूपमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

लुभेन बेल्जियम । आदिवासी जनजाती महासंघ तथा तमु समाज बेल्जियमले संयुक्त रूपमा बर्तमानमा आदिवासी जनजाती आन्दोलन विषयक एक अन्तरक्रिया कार्यक्रम लुभेनमा सम्पन्न गर्यो।

तमु ह्युला छोज धि गुरुङ्ग राष्ट्रिय परिषद नेपालका केन्द्रीय अध्यक्ष रेशम गुरुङको प्रमुख आतिथ्यतामा ब्रसेल्सस्त्रात स्थित टेस्ट अफ एशियामा हिजो सम्पन्न सो अन्तरक्रिया कार्यक्रममा अध्यक्ष गुरुङले पहिचान र अस्तित्वको आवाजलाई साम्प्रदायिक भन्न नहुने जिकिर गरे।

मुलुकमा स्थापित बिध्यमान जातीय समाजहरूले आफ्नो भाषा संस्कृतिको सरक्षणको काम गरेको र विलुप्त हुने यस्ता यावत पहिचानका सवालहरूलाई आवाज बुलन्द गर्दै गर्दा जातीयताको नारा लगाएको आरोप झुट रहेको बताए।

मुख्य अतिथिको रूपमा आफ्ना भनाई प्रस्तुत गर्दै अध्यक्ष गुरुंगले सबै आदिबासीहरुको अस्तित्वलाई स्वीकार गरेर अपनत्व महशुस गराउन सके मुलुक स्वतस्फुर्त विकासको गतिमा जाने र नवयुगको प्रारम्भ हुने बताए।

महासंघ बेल्जियमका अध्यक्ष बाबुराजा लामाको सभापतित्वमा सम्पन्न सो अन्तरक्रिया कार्यक्रममा अध्यक्ष गुरुङलाई सामुहिक रूपमा सम्मान समेत गरिएको थियो।

सम्मान कार्यक्रममा तमु समाज बेल्जियमका नवनिर्बाचित अध्यक्ष दुर्गा गुरुङले तमु समाज बेल्जियमको दशौँ अधिबेशनमा भाग लिन आएका केन्द्रीय अध्यक्ष गुरुङले समस्त तमु समुदायको हितमा काम गरिरहेको बताईन।


कार्यक्रममा गैर आवासीय नेपाली संघ अन्तराष्ट्रीय समन्वय परिषद सचिब जानकी गुरुङ, एनआरएंन केन्द्रका निबर्तमान सल्लाहकार तथा बेल्जियमका पूर्व अध्यक्ष पिजी शेर्पा, आईसीसी सदस्य पदम गुरुङ, नेपाल पत्रकार महासंघ युरोप शाखाका अध्यक्ष केजिन राई, विश्व मगर संघ अध्यक्ष लोक राना मगर, शेर्पा किदुकका अध्यक्ष आंग दोर्जी सोनाम शेर्पा, किरात समाजका सल्लाहकार कर्ण सुब्बा, तामांग समाज अध्यक्ष राम लामा, संघीय समाज बेल्जियमका अध्यक्ष नेत्र मगर, पाशापुच उपाध्यक्ष सागर श्रेष्ठ, सिक्लेस पार्चे कल्याणकोष अध्यक्ष चोक राज गुरुङ् लगायत ५ दर्जन बढी नेपालीहरूले अध्यक्ष गुरुंगको सम्मान गर्दै सहभागिता जनाएका थिए।

अन्तरक्रिया कार्यक्रमको संचालन महासंघ बेल्जियमका महासचिब नन्दराज घलेले गरेका थिए भने स्वागत मन्तब्य तमु समाजका महासचिव अनिता घले र धन्यबाद ज्ञापन तमु समाज कै अध्यक्ष दुर्गा गुरुङले गरेकी थिईन।

-इन्दिरा चाम्लिंग






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution