हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

तामाङ अन्तराट्रिय चलचित्र महोत्सव–२०१९ को आयोजन हुने

याम्बु – तामाङ आवाज, सेलो फाउण्डेसन र एस.सी.आर.सी.को संयुक्त आयोजनामा तामाङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०१९ हुने भएको छ ।

शनिबार तामाङ घेदुङको सभाहलमा पत्रकार सम्मेलन गरी आगामी २०७६ बैशाख २६ र २७ गते महोत्सव गर्ने प्रेस मिटको आयोजन गरि प्रेस विज्ञाप्ति मार्फत घोषणा गरेको हो ।

प्रेस विज्ञाप्तिको पूर्ण अंश

तामाङ आवाज, सेलो फाउण्डेसन र एस.सी.आर.सी.को संयुक्त प्रयासमा आउँदो २०१९ मे महिनाको ९ र १० तारिख (२०७६ बैशाख २६ र २७ विहिवार र शुक्रबार)का दिन काठमाडौं प्रदर्शनीमार्गस्थित पर्यटनबोर्डको हलमा तामाङ सौन्दर्य, जीवन र ज्ञान परम्परा झल्किने र तामाङ समुदायसँग प्रत्यक्ष सरोकार रहेका विषयबस्तु समेटिएका तामाङ चलचित्र, वृत्तचित्र र म्युजिक भिडियोहरुलाई सहभागी गराउदै पहिलोपटक “तामाङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०१९” (Tamang International Film Festival , TIFF – 2019) को घोषणा गर्न पाउँदा हामी गौरवान्वित छौं ।

चलचित्रलाई समाजको विगत र वर्तमानको प्रतिबिम्ब मात्रै हैन, भविष्यप्रतिको मार्गनिर्देशन पनि मानिन्छ । चलचित्रले समाजको यथार्थ घटनाक्रमलाई कलात्मक चित्रण गर्नुका साथै यसले समाजलाई खास सांस्वृmतिक र बौद्धिक दिशा पनि दिन्छ । सूचना, शिक्षा, उत्प्रेरणामार्फत यसले सामाज रुपान्तरणमा पनि सघाउँछ । कुनै पनि समुदायको इतिहास, भाषा, संस्कृति जस्ता सामाजिक सौदर्यलाई प्रस्तुत गर्ने यो निकै प्रभावकारी माध्यम पनि मानिन्छ ।

संसारभरि नै चलचित्रलाई सिर्जनशील सांस्कृतिक उद्योगको रुपमा लिइन्छ । यो सफ्ट पावर पनि हो । जबरजस्ती भन्दा पनि रमाइलो तरीकाले कला, कौशल, कथानक, अभिनय, सङ्गीत जस्ता तङ्खवहरुमार्फत व्यक्ति या समाजमा मनोवैज्ञानिक परिवर्तन ल्याई आफ्नो प्रभुत्व कायम गरिराख्न विभिन्न शक्ति राष्ट्रहरुले फिल्मको माध्यमलाई अपनाएको इतिहास थियो र छ ।

तामाङ समुदायको सन्दर्भमा पनि हाम्रो आफ्नो मौलिक ज्ञान, संस्कृति, जीवनशैली र विषयबस्तु पस्केर संसारभर आफ्नो मौलिक पहिचान प्रवद्र्धन गर्ने शक्तिशाली माध्यम बन्न सक्छ फिल्म । मुलुककै सांवृmतिक पर्यटनको एउटा महङ्खवपूर्ण हिस्सा पनि बनाउन सकिने ठूलो सम्भावना रहेको छ । त्यही सांस्वृmतिक पर्यटनमा हामीले हाम्रो मौलिक र सांस्वृmतिक पहिचान प्रवद्र्धन गर्न सक्छौं । पछिल्लो समय सङ्ख्यात्मक रुपमा केही गतिविधिहरु भइरहेतापनि यसलाई गुणात्मक बनाउन अझै सकिरहेको छैन । तामाङ अन्तराट्रिय चलचित्र महोत्सव–२०१९ तामाङ चलचित्र उद्योगलाई गुणात्मक बनाउने एउटा प्रयास हो । आम तामाङ चलचित्रकर्मी, शुभचिन्तक र दर्शकबीचको सिर्जनशील र साझा मञ्च बनाउने प्रयत्न पनि हो ।

महोत्सवको पहिलो चरण अन्र्तगत ललितपुरको भारदेउ रिसोर्टमा “दुई दिने चलचित्र स्क्रीप्ट लेखन सम्बन्धी तालिम गत जनवरी १२ र १३ मा सम्पन्न गरिसकेका छौं र सो कार्यशालामार्फत् हाम्रो लक्ष्य र उद्देश्य अनुरुपका केही फिल्म स्क्रिप्टहरु पनि तयार भएका छन्; जसमा फिल्माङ्कन सकिसकेको छ । यसका साथै समुदायसँग सम्बन्धित विषयमा बनेका अन्य वृत्तचित्रहरु विश्वव्यापी रुपमा आह्वान गरी महोत्सवमा सामेल गर्ने तयारी गरिरहेका छौं । महोत्सवलाई अभैm मौलिक र अर्थपूर्ण बनाउन ‘तामाङ खाना, भेषभूषा, कला प्रदर्शनी साथै तामाङ दृष्य कविता (भिजुअल पोइट्री) का प्रस्तुति गर्ने कार्यक्रमहरु पनि तय गरेका छौं । त्यसबाहेक फिल्म र कला सम्बन्धी वैचारिक सेसनहरु पनि समानान्तर रुपमा हुनेछन् । महोत्सवले तामाङ समुदायको मौलिक प्रवद्र्धनमा स्वर्ण इतिहास निर्माण गर्नेछ, एवंरीतले भावीपिँढीलाई सांस्वृmतिक ज्ञान हस्तान्तरणमा सघाउने भन्ने हाम्रो आशा छ । यसका निमित्त तपाईँ समस्त सञ्चारकर्मी मित्रहरु सदैव हाम्रो साथ रहिरहनु हुनेछ भन्ने पूर्ण विश्वास छ ।

महोत्सवमा निम्न प्रकार र विधाका फिल्महरु लिने जानकारी गराउँदछौं ।

प्रतिस्पर्धा तर्फ ः

⦁ फिचर फिल्म
⦁ सर्ट फिल्म
⦁ वृत्तचित्र (डकुमेन्ट्री फिल्म)
अप्रतिस्पर्धा तर्फ ः
⦁ म्युजिक भिडियो
⦁ पहिले प्रदर्शन भइसकेका फिचर फिल्म, सर्ट फिल्म तथा वृत्तचित्र

नियमहरु

⦁ संसारभरका जुनसुकै मुलुकमा बसोबास गर्ने तामाङ र गैरतामाङले आफ्नो फिल्मी सिर्जना महोत्सवमा पठाउन सक्नेछन् ।
⦁ चलचित्र तामाङ समुदायको सांस्वृmतिक, धार्मिक, सामाजिक, भाषिक, ऐतिहासिक लगायतका विषयबस्तुमा आधारित चलचित्र हुनुपर्नेछ ।
⦁ प्रतिपस्र्धामा सामेल चलचित्र कुनै पनि सार्वजनिक प्रदर्शन या सामाजिक सञ्जालमार्फत रिलिज नभएको हुनु पर्नेछ । त्यस्ता चलचित्रले अप्रतिस्पर्धी रुपमा भने भाग लिन पाउने छन् ।
⦁ फिचर लेन्थ तथा सर्ट लेन्थ चलचित्र तर्फ तामाङ भाषालाई मुख्य रुपमा प्रयोग गरिएको हुनु पर्नेछ ।
⦁ वृत्तचित्र (डकुमेन्ट्री फिल्म) तर्फ तामाङ लगाएतका चलन चल्तिका वmुनै पनि भाषामा निर्माण गरिएको हुन सक्नेछ । तर विषयवस्तु तामाङ समुदायको हुनुपर्ने छ ।
⦁ चलचित्रहरु अनिवार्य रुपमा नेपाली या अंग्रेजी सब–टाइटिल गरिएको हुनुपर्नेछ । अंग्रेजी या नेपाली भाषामै निर्मित तामाङ विषयबस्तु आधारित फिल्मी सिर्जनामा भने सब–टाइटिल अनिवार्य छैन ।
⦁ चलचित्र मिति २०७५ चैत्र २३ गते देखि वैशाख २२, २०७५ (एक महिना) भित्रमा बुझाई सक्नु पर्नेछ ।
⦁ आवेदन बापत कुनै पनि शुल्क बुझाउनुपर्ने छैन ।
⦁ आवेदन फर्म धधध।तषालभउब।िअयm मार्फत डाउनलोड गर्न सकिनेछ या विस्तृत जानकारीका लागि महोत्सवको वेभ साइटमा हेर्न सकिनेछ ।

अवर्ड तथा नगद पुरस्कार

क्रंसं. नाम पुरस्कार

१. ग्राण्ड जुरी अवार्ड (सेमरी छोरङान ट्रफी) ५०,०००÷–
२. बेष्ट डकुमेन्ट्री अवार्ड (ट्रफी) २५,०००÷–
३. बेष्ट सर्ट फिल्म अवार्ड (ट्रफी) २५,०००÷–
४. अडियन्स च्वाइस अवार्ड (ट्रफी) १०,०००÷ –
५. इन्करेज्मेन्ट अवार्ड (ट्रफी) १०,०००÷ –

विगेन्द्र वाइबा तामाङ – महोत्सव अध्यक्ष

जगत तामाङ – महोत्सव निर्देशक

मीन कुमार मोक्तान – महोत्सव संयोजक

महोत्सव सल्लाहाकार समिति

⦁ फु लमान वल, चलचित्रकर्मी एवं पत्रकार
⦁ डा. सचिन घिमिरे, चलचित्रकर्मी, मानवशास्त्री
⦁ भविन तामाङ, चलचित्रकर्मी

महोत्सव संचालक समिति

⦁ महोत्सव अध्यक्ष – विगेन्द्र वाइबा तामाङ
⦁ महोत्सव निर्देशक – जगत तामाङ
⦁ महोत्सव संयोजक – मीन वmुमार मोक्तान
⦁ आर्थिक व्यवस्थापक – राज डिम्दुङ
⦁ सदस्य – पेमा मोक्तान
⦁ सदस्य – शान्ति वाइबा
⦁ सदस्य – भावना स्याङ्तान

 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution