हेडलाईन

तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै         बहराइनमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी         इजरायलमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी         हिमाली क्षेत्रका लामा समुदाय तोतङरी ल्होसार मनाइँदै        

इत्साक खायिक: ७३ वर्षको उमेरमा बने यी इजरायली सबैभन्दा वृद्ध फुटबल खेलाडी

त्रिहत्तर वर्षको उमेरमा व्यावसायिक फुटबल खेलेर एक इजरायली वृद्धले नयाँ कीर्तिमान राखेका छन्।

शुक्रवार दिउँसो भएको खेलमा इत्साक खायिक इजरायली क्लब इरोनी ओर येहुदाबाट गोलरक्षक बनेर खेलेका थिए।

वृद्धावस्थामा भए पनि निर्धारित ९० मिनेट पूरै खेलेका खायिकले आफू अर्को खेलका लागि तयार भएको बताए।

खेल सकिएपछि आयोजित एउटा समारोहमा उनलाई गिनिज वर्ल्ड रेकर्ड्सले सम्मानित गरेको थियो।

केही दिनमै उनको जन्मदिन आउँदैछ।

राम्रो प्रदर्शन

उनको इरोनी ओर येहुदा क्लब इजरायली घरेलु फुटबलको चौथो तहमा खेल्छ।

शुक्रवारको खेलमा खायिकको क्लब १-५ गोलले पराजित भए पनि उनले राम्रो प्रदर्शन गर्दै धेरै प्रहारहरू रोकेका थिए।

उनले समाचारसंस्था रोएटर्सलाई भने, “यो मेरा लागि मात्रै नभएर समग्रमा इजरायलको खेलकुदले गौरव गर्ने विषय हो।”

उनका ३६ वर्षीय छोरा मोशे खायिकले आफ्ना पिताको उपलब्धिको उपलब्धिलाई “अविश्वसनीय” भनेर प्रशंसा गरेका छन्।

उनले बुवासँग खेल्दा आफू भने थाक्ने गरेको भनेर ठट्यौली गरे।

पुराना कीर्तिमान

यसअघि उरुग्वेका रोबर्ट कार्मोनालले ५३ वर्षको उमेरमा व्यावसायिक फुटबल खेलेर कीर्तिमान राखेका थिए।

उनी सन् २०१५ मा पान डे अशुकरको टोलीबाट खेलेका थिए।

जापानी खेलाडी काजुयोशी मिउरा व्यावसायिक फुटबलको प्रतिस्पर्धात्मक खेलमा गोल गर्नेमा सबैभन्दा पाका खेलाडी हुन्।

जापानको दोस्रो तहको फुटबल प्रतियोगितामा सन् २०१७ मा योकोहोमा फुटबल क्लबले थेस्पा कुसात्सुलाई हराउँदा उनले सो खेलमा भएको एक मात्र गोल गरेका थिए।

सो गोलका कारण मिउराले सर स्ट्यान्ली म्याथ्युजको ५२ वर्ष पुरानो कीर्तिमान भङ्ग गरेका थिए@ बिबिसि






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution