जातीय मुद्दाको लडाइँ सकिएको छैन : भट्टराई

बुटवलः नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले जातीय मुद्दको लडाइँ नसकिएको बरु जातीय अधिकार पूर्ति गर्न एकपटक पुनः संघर्ष गर्नुपर्ने बताएका छन्।
जातीय अधिकार पूर्ति पनि समृद्धिको एक मुख्य बाटो भएको बताउँदै संयोजक भट्टराईले सशस्त्र ढंगबाट नभई शान्तिपूर्ण संघर्षको थालनी गर्न आह्वान गरेका हुन्।
बुटवलमा नयाँ शक्ति पार्टीनिकट मगर राष्ट्रिय परिषद् नेपालको दोस्रो संघीय भेलाको उद्घाटन समारोहमा बोल्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका डा. बाबुराम भट्टराईले नेपालको समृद्धिका लागि जातीय मुद्दालाई सेलाउन नदिन उत्पीडित जातिलाई आग्रह गरे।
तत्कालीन एमाओवादीले केही मगर नेताहरुलाई हातमा लिएर उत्पीडित जातिको विपक्षमा रहेका तत्कालीन नेकपा(एमाले) र कांग्रेससँग आफूलाई थाहा नदिई सम्झौता गरेको उनको आरोप थियो। उक्त सम्झौताले उत्पीडित जातिको मुद्दालाई धोका दिएको ठहर गर्दै उनले फेरि एकपटक शान्तिपूर्ण संघर्ष गर्नुपर्ने धारणा व्यक्त गरे।
‘थारु र मगर जातिहरु अगाडि आएर अन्य उत्पीडित जातजातिलाई समेट्दै आफ्नो जातीय मागको परिपूर्तिका लागि शान्तिपूर्ण संघर्ष गर्न आह्वान गर्दछु,’ उनले भने।
जनयुद्धमा मगर र थारू जातिहरु धेरै मारिएको भए पनि यिनै जातिहरुले अधिकारबाट वञ्चित हुनुपरेको पूर्व अर्थमन्त्रीसमेत रहेका डा. भट्टराईले बताए। नयाँ शक्ति पार्टी नेपाल अझै पनि जातीय पहिचान सहितको १० प्रदेशको मोडेलको माग उठाउन तयार रहेको बताउँदै उनले त्यसका लागि आफूहरूलाई साथ दिन आग्रह @थाह खबरबाट