हेडलाईन

क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै         बहराइनमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी         इजरायलमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी         हिमाली क्षेत्रका लामा समुदाय तोतङरी ल्होसार मनाइँदै         इजरायलमा न्हु: दँ नेपाल संवत् ११४३ तथा म्ह पूजाको अवसरमा सांस्कृतिक कार्यक्रम गर्दै         नेपाल तामाङ घेदुङ इजरायलको आठौं आदिवेशन हुदै         इजरायलमा मणिपूजा प्रवचन कार्यक्रम हुदै        

इजरायलमा उभौली पर्व मनाउन चर्चित गायक तथा संगीतकार शम्भु राई आउनु हुदै

तेलअविव – किरात राई यायोक्खा इजरायल द्वारा मुलवासी किरातीहरुको आफ्नो मौलिक नेपाली सांस्कृतिक महान राष्ट्रिय चाड यले दोङ ५०७९ को सुभ अवसर मा सुभकामना आदानप्रदान सहित उभौली साकेला सिली कार्यक्रम आउँदो १७ मे २०१९ (शुक्रबार) याद्खारुचिम १५ रहेको पार्टी हल (इभ) डिनर पार्टी सहित गर्ने भएको छ |

कार्यक्रमको लागि नेपालबाट ख्याती प्राप्त चर्चित राष्ट्रिय कलाकार गायक तथा संगीतकार शम्भु राई र गायक तथा संगीतकार ब्रबिम शेर्मा लिम्बुलाई आमन्त्रित गरिएको किरात राई यायोक्खा इजरायलकी अध्यक्ष रोदुङमा सिम्मा लुङ्खिम्बाले तामाङअनलाइनलाई जानकारी दिनु भएको छ |

नेपालबाट आमन्त्रित कलाकारहरुको बेजोड प्रस्तुति संगै अन्य बिभिन्न सांस्कृतिक कार्यक्रम रहेको हुँदा इजरायलवासी सम्पूर्ण नेपालीहरुलाई कार्यक्रममा उपस्थित हुनाको लागि संस्था द्वारा हार्दिक निमन्त्रणा गरेको छ |

उभौली र उधौली पर्व

उभौलीमा ढोल भ्mयाम्टा बजाउँदै चमर, सेउली समाएर साकेला सिली नाचिन्छ । किरात राई समुदायहरु आप्mनो भेषभुषा र गरगहना लगाएर उभौली मनाउने गरिन्छ । बालबालिकादेखि बृद्धबृद्धासमेत साकेला सिली नाच्ने गर्दछन् | प्रकृतिपुजक राईहरुले प्रकृतिसंग सम्बन्धीत साकेला सिली नाच्ने गर्छन् । मानवीच जीवन शैली, कृषिकर्ष, जिवजनावरको नक्कल आदि गरेर साकेला नाच्ने गर्छन् ।
किरात समुदायका राई, लिम्बू, याक्खा, सुनुवारलगायतका जातिले महान् चाडका रुपमा उभौली र उधौली पर्व मनाउने गर्दछन् |किराती रीति र परम्पराअनुसारभूमिको पूजा गरी यो पर्व मनाइन्छ । पृथ्वीमा कृषि युगको सुरुवात भएदेखि नै यो चाड प्रचलनमा आएको विश्वास गरिन्छ ।
उभौलीलाई समुदाय, ठाउँ र भाषागत भिन्नताअनुसार विभिन्न नामले पुकारिन्छ । चाम्लिङले साकेला, वान्तावाले साकेवा तथा साकेन्वा, सुनुवारले फोलष्या“दर, लिम्बूले चासोक, दुमीले तोसी वा तोसुजस्ता नामले मनाउने गरिन्छ |

यो पर्व ऋतु परिवर्तनस“गै वर्षमा दुईपटक मनाइन्छ । वैशाख शुक्ल पूर्णिमा अर्थात् वसन्त ऋतुमा उभौली र मङ्सिर पूर्णिमा अर्थात् शरद ऋतुमा उधौली पर्वको रुपमा मनाइन्छ । “दुमी भाषामा उभौली पर्वलाई ‘धिरियाम्लो’ र उधौली पर्वलाई ‘छिरियाम्लो’ भन्ने गरिन्छ, हरेक वर्ष अन्नबाली लगाउने बेलामा उभौली र पाक्ने बेलामा खुसियाली मनाउ“दै उधौली पर्व मनाइन्छ ।
लगाएको अन्नबाली राम्रोस“ग सप्रियोस्, पानी परोस्, किराफट्याँङ्ग्रा तथा जङ्गली जनावरले दुःख नदिउन्, सबैमा सुख शान्ति, सुस्वास्थ्य, दैवी प्रकोप तथा विपत्ति नआओस् भन्दै उभौली पर्व मनाइन्छ । तराईतिर गर्मी बढेर माछा, पशुपक्षी, चराचुरुङ्गी, किराफट्याङ्ग्रासमेत उभो चिसो लेकतिर बसाइँ सर्छ भन्ने विश्वासले वैशाख पूर्णिमामा मनाइने पर्वलाई उभौली भनिएको हो ।
किरातहरु उधौली पर्वमा अन्नबाली पाक्ने, खेतबारीमा लहलह देखिने, भकारी भरिएर सह बसोस्, आउ“दो साल खाद्यान्नको अभाव नहोस् भन्दै खुसी, सुख र समृद्धिको कामना गर्दै उधौली पर्व मनाउँछन् ।
लेक तथा पहाडतिरको वातावरण चिसो हुने हु“दा गर्मीको समयमा तराईतिरबाट उभो चिसो लेकतिर बसाइँ सरेका माछा, पशुपक्षी, चराचुरुङ्गी र किराफट्याङ्ग्रासमेत उधो गर्मी भएको ठाउ“ मधेस, तराईतिर बसाइँ झर्छन् भन्ने विश्वासले पनि मङ्सिर पूर्णिमामा मनाइने पर्वलाई उधौली भनिएको हो |

राई, लिम्बू, याक्खा र सुनुवारलगायतका किरात जातिको यो पर्वकोे अवसरमा पहिलो दिनमा घर घरमा लिपपोत गरिन्छ । आफ्ना पिता पुर्खाले मानेको तीन चुलो ढुङ्गाको विधिपूर्वक पूजा गरिन्छ ।

गाउ“, समाज, टोलमा पहिलेदेखि नै स्थापना गरी राखिएको साकेला थान, भुमेथान र त्यो नभएको ठाउ“मा कटुसको हा“गा गाडी थान स्थापना गरेर भूमि र नागनगेनीको पूजा गरिन्छ |

“पूजा सम्पन्न गर्नका लागि कुखुरा, स“ुगुरको साथमा जा“ड, रक्सी, अदुवा, केराको पात, धूप, अक्षता, पाती, सेउली, ढोल, झ्याम्टा, धनुका“डलगायत सामग्रीहरुको प्रयोग गरिन्छ |

पूजापछि थानकै वरिपरि सामूहिक रुपमा विभिन्न परम्परागत बाजा बजाएर नाच्ने गरिन्छ । पहिलो दिन पूजा स्थलमा नाची पछिका दिनमा फरक स्थानमा जम्मा भई नाचेर १५ दिनसम्म यो चाड मनाइन्छ ।

नाच्ने क्रममा हातखुट्टाको चाल र हाउभाउको माध्यमबाट ढोल, झ्याम्टाको तालमा विभिन्न जीव, जनावर, पशुपक्षी, चराचुरुङ्गीको नक्कल, खोरिया फा“डेको, अन्नबाली लगाएको, गोडमेल गरेको, अन्नबाली काटेको, उठाएको जस्ता कृषि कार्य प्रदर्शन गरिन्छ ।

साथै कपासबाट धागो कातेको, कपडा बुनेको, सिङ्गारपटार गरेको जस्ता कार्यलाई पनि अभिनयको माध्यमबाट नाचमा उतारिन्छ । यसलाई ‘सिली टिप्ने’ भनिन्छ । सिली टिप्ने वा नाच्ने तरिका ठाउ“अनुसार फरक हुन्छ । यसरी नाच्दा वा सिली टिप्दा अभिनय वा हाउभाउस“ग मिल्ने, पितृ र प्रकृतिस“ग मेल खाने गीत गाइन्छ ।

उभौली र उधौली पर्वमा नाच्दा जातीय पहिचान भल्काउने पहिरन लगाइन्छ । पुरुषहरु कालो कोट, खा“डीको कपडा, अल्लोको धागोबाट बुनिएको कपडाबाट निर्मित दौरासुरुवाल, टोपी, पटुका, बिनायो, मुर्चुङ्गा, बुकिफूल, कम्मरमा खुकुरी, हातमा चौँरीको पुच्छर, सिन्कौली सेउली हल्लाउ“दै, ढोल, झ्याम्टा बजाउ“दै नाच्ने गर्छन् ।

महिला पनि चौबन्दी चोलो, फरिया, पटुका, बिनायो, मुर्चुङ्गा, बुकिफूल, कम्मरमा ह“सिया, परम्परागत गरगहनाले सजिएर सिन्कौली सेउली हल्लाउ“दै ढोल, झ्याम्टा बजाउ“दै नाच्छन् । महिला, पुरुष, बालक, वृद्धवृद्धा सबै जम्मा भएर गोलाकार रुपमा नाचिन्छ ।

किरात जातिको बसोबास रहेका पूर्वी भागका खोटाङ, भोजपुर, उदयपुर, सङ्खुवासभा, धनकुटा, सोलुखुम्बुु, ओखलढुङ्गा, सुनसरी, मोरङ, इलामलगायतका जिल्लामा हर्ष उल्लासका साथ यो पर्व मनाइन्छ । यस अवसरमा यी जिल्लाका गाउँ गाउँमा ढोल, झ्याम्टा बजाएको आवाज सुन्न र नाच देख्न सकिन्छ ।

हाल राजधानी काठमाडौँमा समेत यो पर्व मनाउने गरिएको छ । काठमाडौँमा बसोबास गर्ने किरात, राई, लिम्बू, याक्खा, सुनुवारलगायतको सामूहिक आयोजनामा ललितपुरको हात्तीवनस्थित साकेला थानमा जम्मा भई पूजाआजा सहित मनाउने गरिन्छ |

“नखिपोट, टु“डिखेल, जावलाखेल, बानेश्वरलगायत ठाउँमा परम्पराअनुसार पूजा गरी मनाइन्छ, किरातको बसोबास रहेको बेलायत, हङ्कङ, सिङ्गापुर, अमेरिका, इजरायल,भारत लगायतका देशमा समेत यो चाडलाई मनाउन थालिएको छ |
विसं २०६३ पछि यस चाडको अवसरमा नेपाल सरकारले राष्ट्रिय रुपमै सार्वजनिक बिदा दिन थालेको छ । अन्य संस्कृतिको प्रभावमा हराउ“दै गएको रीतिरिवाजलाई जगेर्ना गर्न सबै किरातहरु लागिपरेका छन् ।
यस पर्वले समाजमा सामाजिक, सांस्कृतिक सद्भाव, आपसी सम्बन्ध र मेलमिलाप कायम गर्न टेवा पु¥याएको किरात जातिको विश्वास छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution