लुम्बिनीमा अन्तर्राष्ट्रिय तामाङ गुम्बाको लागि प्राप्त १३ रोपनी जग्गामा अवलोकन

काठमाडौ । लुम्बिनी गत चैत्र १३ गते अन्तर्राष्ट्रिय तामाङ परिषद , नेपाल तामाङ घेदुङ र अखिल भारतीय तामाङ बौद्ध संघको प्रतिनिधि मण्डलले बुद्ध जन्म स्थल लुम्बिनीमा बन्न लागेको अन्तर्राष्ट्रिय तामाङ गुम्बा / ल्हाखाङ लाई प्राप्त एक चक्ला अर्थात १३ रोपनी जमिनको अबलोकन भ्रमण गरेको छ। हालको जर्मन गुम्बा उत्तर , बर्माको गुम्बा पश्चिम मोडाह संगैको एक चक्ला जमिन स्थलगत अध्ययन गरिएको छ।
भ्रमणमा तत्कालीन लुम्बिनीको बिकास कोषका कार्यकारी प्रमुख तथा बर्तमान राप्ती नगरपालिकाको उपमेयर ईमान सिं मोक्तान , अन्तर्राष्ट्रिय तामाङ परिषदको अध्यक्ष केएम तितुङ , बरिस्ठ उपाध्यक्ष टासी लामा , परिषदको पुर्ब अध्यक्ष तथा गुम्बा निर्माण समितिको संयोजक महेन्द्रजंग तामाङ नेपाल तामाङ घेदुङका महासचिव महित कुमार तामाङ ( बाबु घिसिङ ) सचिवालय सदस्य रामभक्त बोम्जन , अखिल भारतीय तामाङ बौद्ध संघको कार्यबाहक अध्यक्ष साथै प्रतिनिधिहरु , इन्जिनियर नवीन घिसिङ र नेपाल तामाङ घेदुङ रुपन्देहीका पदाधिकारी समेतको उपस्थिति थियोे ।
यहो २०७६ बैशाख बाट गुम्बा निर्माण कार्य थालनी गर्ने गरि लुम्बिनी बिकास कोषसंग सहमति भएको छ। उक्त गुम्बा निर्मानार्थ आर्थिक सहयोग जुटाउन तामाङ समुदायको सबै ब्यक्तिहरुलाइ अपनत्वहुन पाउने गरि आर्थिक सहयोग कार्यबिधी बनाउन समेत अन्तर्राष्ट्रिय तामाङ परिषद , नेपाल तामाङ घेदुङ र अखिल भारतीय तामाङ बौद्ध संघले योजना तय गर्ने तयारी गरेको छ।