हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

शेयर बजारमा प्रवेश गर्ने कसरी ? शेयर कारोबार सम्बन्धी आधारभूत जानकारी

शेयर एउटा आर्थिक साधन हो न कि जिन्दगी को साध्य। शेयरमा कारोबार गर्ने कामलाई सर्व्वस्वो काम नै ठान्नु पर्दैन। यो आफू अन्य कामलाई निरन्तरता दिदै side business को रुपमा लिन सकिन्छ।

शविन शर्मा (शुरज)

हामी सबैलाई थाहा भएकै कुरा हो, शेयर भन्नाले साधारण अर्थमा कुनैपनि कम्पनिको पुजि वृद्धिकालागी लगानिकर्ता हरुले उक्त कम्पनिको लागि गरेको आर्थिक योगदान हो। कम्पनिको उक्त कुल पुजि कम्पनिको सम्पुर्ण लगानिकर्ताहरुले कम्पनिको आर्थिक श्रोत वृद्धि र दीर्घकालीन सन्चालनको लागि गरेको लगानिबाट बन्दछ। शेयर बजार देसको आर्थिक तथा वित्तिय क्षेत्रको शुचकपनि हो जसको घट्बढ हुने frequency देशमाहुने समग्र आर्थिक तथा राजनितिक गतिविधि र त्यसबाट लगानिकर्ताहरुमा पर्ने लगानी मनस्थितीले प्रत्यक्ष वा परेक्ष रुपमा प्रभाव पारेको हुन्छ। शेयर बजार एउटा एस्तो थलो हो जहाँ उच्च देखि मध्यम र न्यून बर्गका इच्छुक लगानिकर्ताहरुले आफ्नो क्षमता अनुसार आफूसंग भएको आर्थिक श्रोत विवेकपूर्ण तरिकाले लगानी गर्न सके छोटो वा दिर्घकालिन समयमा मनग्य प्रतिफल लिन सकिन्छ। यद्यपि लगानिकर्ताकै मनस्थितिका कारण कतिपय लगानिकर्ताहरु घाटामा डुबेर टाट पल्टेको प्रसस्त उदाहरणहरु छन्।

शेयरबजारमा लगानी गर्ने भन्ने बित्तिकै हामी तर्सिन्छौ। यसमा लगानिगर्न धेरै पैसा चाइन्छ, यो धनीहरुको मात्रै जुवा खेल जस्तो हो, लगानी गरेको रकम अरुले चलखेल गरेर हिनामिना गर्दिन्छ, मेरो लगानी घाटामा डुब्छ, शेयरको बजारभाउ चित्तबुझ्दो हुदैन लगायतका यावत मनोबैज्ञानिक normative कुराहरुले नवाअगन्तुक इच्छुक लगानिकर्ताहरुको लगानी मनस्पटलमा डेरा जमाएको छ। तर एकपटक लगानीमा होमिएर शेयर बजारलाई बुझेपछी यी सबै मनोबैज्ञानिक कुराहरु गलत हुन भन्ने थाहाहुन्छ। सुरुवाती अवस्थामा यी कुराहरु उब्जिनु स्वोभाविकनै हो, किनकी हामी शेयर बजारको बारेमा पूर्ण जानाकार छैनौ। यद्यपि कतिपय लगानिकर्ताहरु हचुवाको भरमा अरुको लहैलहैमा लागेर लगानी गर्न आफूले दुख गरेर कमाएको धन शेयर बजारमा खनाएको प्रसस्त उदाहरणहरु छन्। शेयर बजारमा आउने उतारचढावको मुख्य कारणनै लगानिकर्ताहरुको भड्किलो मनस्थितिनै हो। हामी कतिपयालाई थाहानै छैनकी शेयर बजारको परिशुचक र कम्पनि हरुको शेयरमूल्य लगानीकर्ताहरुको शेयरप्रतिको माग (demand) र आपुर्ती(supply) को सन्तुलन(equlibrium) विन्दुको आधारमा निर्धारण हुन्छ। तसर्थ NEPSE index मा सामन्य परिवर्तन आउदा, आफूले लगानी गरेको कम्पनिको शेयरमूल्यमा गिरावट आउदैमा अरुको लहैलहैमा लागेर आत्तिएर सस्तो मूल्यमा घाटा खाएर बेचिहाल्ने प्रवृत्तिलेनै शेयर बजार समग्रमा bearish trend (शेयर बजारको घट्दो सुचक) मा जाने गरेको हुन्छ। तसर्थ शेयर बजारको मूल्य निर्धारण गर्ने हामी लगानिकर्तानै भएको हुँदा लामो अवधिको लागि या छोटो अवधिका लागि जुनसुकै रणनीति बोकेर लगानी गरेपनि आफ्नो लगानिको उचित मूल्य नपाएसम्म धैर्यताका साथ hold गरेर उच्च मनोबलका साथ प्रतिफलको प्रतीक्षामा रहन सक्नु पर्छ।

शेयर बजारमा आफै प्रवेश नगरी र प्रत्यक्ष आफैले लगानी नगरेसम्म यसको व्यवहारिक ज्ञान लिन सकिदैन। नवआगन्तुक लगानिकर्ताहरुलाई अहिलेको शेयर बजार लगानी गर्न perfect अवस्था मानिन्छ किनकी अहिले market मा issue भइरहेका शेयरहरु धेरैको मूल्य IPO को बरावर र त्यो भन्दा पनि न्यून मूल्यमा उपलब्ध छन्। यो समयमा secondary market बाट broker कम्पनिमापनि IPO बरावर जस्तै मूल्यमा कतिपय कम्पनिहरुको शेयरहरु उपलब्ध छन् जाहाँबाट आफूले चाहेजती जुनसुकै कम्पनिको शेयर तत्काल खरिद गर्न सकिन्छ। तसर्थ यो समयमा न्यून मूल्यमा शेयर खरिद गर्नु भनेको लगानिकर्ताहरुको best decision हो किनकी अब छिटो समयमै बजारले bullish trend को निरन्तरतालिने कुरा सुनिस्चित छ र त्यो अवस्थामा लगानिकर्ताहरुले अहिले गरेको लगानिको न्युतम (२००-३००)% सम्म प्रतिफल पाउनेछन्।

शेयर बजारमा प्रवेश गर्ने कसरी ?

शेयर बजारमा लगानी गर्न इच्छुक ब्यक्तिहरुमा समस्याको विशय भनेकै शेयर खरिद बिक्री प्रकृयानै हो। शेयर खरिद बिक्री कसरी र काहाँबाट गर्ने भन्ने कुरामै धेरै ब्यक्तिहरु अनविज्ञ भएको हुँदा अधिकांश लगानिकर्ताहरुको धन फजुल खर्चमानै मासिने र रहेपनि bank a/c मानै थन्किएको अवस्था छ। तसर्थ शेयर बजारमा अरुको भरमा प्रवेश गर्नु भन्दा आफै यी आधारभुत कुराहरू बुझेर होमिनु उचित हुन्छ।

प्रकृया

१) बैंक खाता (Bank a/c)

यो खाता तपाईं आफ्नो पायक पर्ने जुनसुकै बैंकबाट खोल्न सक्नुहुन्छ। साधारणतया चल्ती खाता (current a/c) नै उपयुक्त हुने भएको हुँदा तपाईं आफ्नो बैंक खाता खोल्न आवस्यक कागजात(नागरिकताको प्रतिलिपी, मतदाता परिचयपत्रको प्रतिलिपी, pp size को फोटो र सवारिचालक अनुमतिपत्र को प्रतिलिपी) लियर सम्बन्धित बैंकमा a/c opening form र KYC form भरेर खोल्न सक्नु हुन्छ।

२) DEMAT a/c

यो खाता आफूले ग्रहण गरेको शेयरलाई अभौतिकिकरण (dematerialization) गर्ने खाता हो। पहिले शेयर खरिद गर्दा कम्पनिको तर्फबाट शेयर प्रमाणपत्र जारी गरिन्थ्यो र खरिद बिक्री गर्दा प्रमाणपत्रलाईनै आधार मानिन्थ्यो तर अहिले नयाँ प्रबिधी आयसङ्गै DEMAT a/c भएपछी IPO/FPO बाट परेको शेयर वा broker बाट लिएको शेयर सिधै यो खातामा आउँछ र प्रमाणपत्रको झन्झट खेपिरहनु पर्दैन।
यो a/c पनि आफूले ब्यक्तिगत खाता खोलेकै बैंक(बाणिज्य बैंक उचित) बाट आवस्यक कागजात(नागरिकताको प्रतिलिपी, pp size photo, र बैंक खाता नं) सम्बन्धित बैंकमा DEMAT a/c opening form भरेर आफ्नो a/c register गर्न सकिन्छ। यो खाता एउटै बैंकमामात्र भए कारोबार गर्न सजिलो हुन्छ र पछि हुने सम्भाब्य झन्झट खेपिरहनु पर्दैन।

३) C-ASBA

यो (Centralized Application Supported by Blocked Amount) शेयर खरिद गर्ने बर्तमान समयमा चल्तिमा आएको शेयर खरिद प्रणाली हो। यो DEMAT a/c खोलेकै बैंकबाट आवस्यक form भरी register गरेर CRN नं. लिएपछी हुन्छ। हाल यो सबै बाणिज्य बैंकहरुमा उप्लब्ध छ। शेयर लगनी गर्न यो नं. प्राय mandatory नै भएको हुदा demat a/c खोले लगत्तै यो a/c register गराएर CRN नं. लिनु आवस्यक छ।

४) Broker a/c

शेयर बिक्रीको लागि आफूले खरिद गरेको शेयर दोश्रो बजारमा सुचिकृत हुनुपर्छ जाहाँँबाट देसभरका ब्रोकर कम्पनिमा हुने कारोबारको आधारमा NEPSE index निर्धारण हुन्छ। यो खाता आफूलाई पायक पर्ने स्थानको broker कम्पनिमा गई आवस्यक कागजात (नागरिकताको प्रतिलिपी, pp size photo, परिचय खुल्ने अन्य कागजात) लिई broker a/c KYC form मा bank a/c र DEMAT a/c no. भरी खोल्न सकिन्छ।
यो सबै a/c हरु एउटै बाणिज्य बैंकबाट खोल्यो भने कारोबार सुरक्षित र सहज हुन्छ। यी सबै प्रक्रिया पुरागरेपछि तपाईंलाई शेयर बजारमा प्रवेश गर्न बाटो खुल्ने छ।

५) PAN

नेपाल सरकारको बजेट कार्यान्वयन कार्ययोजनामा दोस्रो बजार मार्फत सेयर खरिद गर्दा लगानीकर्ताले स्थायी लेखा नम्बर(PAN) लिएको प्रमाण पेश गर्नुपर्ने नीतिगत व्यवस्था गरेको थियो। तर लगानीकर्ताको चौतर्फी असन्तुष्टिले गर्दा आगामी वैशाखदेखि ५ लाख रूपैयाँभन्दा बढीकोमात्र धितोपत्र कारोबार गर्ने लगानीकर्ताले अनिवार्य रूपमा प्यानमा दर्ता भएको हुनुपर्ने भएको छ। ५ लाखभन्दा कमको कारोबार गर्नेहरूले पनि ऐच्छिक रूपमा प्यानमा आबद्ध हुन सक्ने व्यवस्था छ। यो नं. आन्तरिक राजस्व कार्यालय तथा करदाता शेवा कार्यालय बाट लिन सकिन्छ।

शेयर बजारमा प्रवेश गर्नु र लगानि गर्नु मात्रै ठूलो कुरा होइन, लगानी गरेपछी कसरी रणनिती बनाएर प्रतिफललिने भन्ने ठूलो कुरा हो। यसको लागि आफ्नो क्षमता र market को condition अनुसार दिर्घकालिन र छोटो अवधिको लगनी रणनिती अवलम्बन गर्न सकिन्छ।

#दिर्घकालिन लगानी रणनिती (Long term Investment Strategy)

अरु क्षेत्रको लगानी भन्दा शेयरमा गरिने लगानिमा उच्च जोखिम हुने हुँदा, दिर्घकालिन लगानी गर्ने लगानिकर्ताहरुमा लगानी मनोबल र धैर्यता बलियो हुनु आवस्यक छ। धेरै रकम एकै पटक एउटै कम्पनिमा लगानी गरेर बजारमा सामान्य गिरावट आउदैमा आत्तियर सस्तो मूल्यमा शेयर बिक्री गरेमा लगानी डुब्ने र घाटा बेहोर्ने कुरा सुनिस्चित छ। तसर्थ दिर्घकालिन लगानी गर्दा कम्तिमा ३-५ बर्ष को maturity period मानेर आफूसङ्ग भएको रकम उचित कम्पनि छन्ौट गरेर सोही पूँजि फरक फरक कम्पनिमा लगानी गर्ने (portfolio maintainance) गर्नु पर्दछ। यसो गर्दा एउटा कम्पनिबाट सन्तोसजनक प्रतिफल आउन नसकेपनि अन्य कम्पनिबाट आउने सम्भावना उच्च रहन्छ। यसले लगानी सन्तुलन गर्न मद्दत पुर्याउँछ र दीर्घकालीन लगानिमा हुने सम्भावित उच्च जोखिमले investor लाई हुने loss लाई minimize गर्न मद्धत पुर्याउँछ।
यो लगानी गर्दा नेपालको अवस्थामा उत्कृष्ट बाणिज्य बैंक जुन निरन्तर ३-५ बर्ष भन्दा बढी मुनाफामा चलिरहेका छन्, इन्स्योरेन्स कम्पनि जसको कर्यावधी १० बर्ष पुगेको र market मा राम्रो छवि बनाउन सफल छन् र hydropower कम्पनि जुन कम्तिमा ५ बर्ष मुनाफामा चलिरहेका छन् र समग्रमा सबै financial index हरु सकारात्मक नै छन्, यी आधाररुलाई लियर उत्कृष्ट कम्पनि छन्ौट गरेर लगानी गर्न सके उचित प्रतिफल सुनिस्चित छ।

#अल्पकालिन लगानी रणनिति (Short Term Investment Strategy)

यो लगानी रणनिती सधारणतया १ बर्षको लगानी अवधी भन्ने बुझिन्छ। यद्यपि दीर्घकालीन लगानी गर्ने लगानिकर्ताहरुले बढिमा ३-५ बर्षको लगानी अवधिलाईपनि short trrm investment मानेर लगानी गरेको पाइन्छ। यो लगानीमा तुलनात्मक रुपमा जोखिम कम र लगानीपनि थोरैनै गरिने हुँदा प्रतिफलपनि दिर्घकालिनको तुलनामा थोरैनै मिल्ने गर्छ। यो लगानिमा १ बर्षको अवधिमानेर कारोवार गर्ने लगानिलर्ताहरु शेयरको market price लाई नै पहिलो आधार मानेर कारोवार गर्नेहुँदा cash divident र stock divident को समेत ख्याल नगरेको पाइन्छ, जस्ले गर्दा लगानीकर्ताले पाउने प्रतिफल न्यून रहन्छ। भर्खर बजारमा प्रवेश गर्ने सिकारु लगानिकर्ताहरुलाई भने यो लगानी उपयुक्त छ।
नेपालको हालको अवस्थामा NEPSE index मा उतार चढाव आइरहँदा शेयर मूल्यमा दैनिक वा शाप्ताहिक रुपमा घटबड भइरहेको बेला कम्पनिको share price घटेको बेला अधिकतम शेयर खरिद गरि आंसिक रुपमा मूल्य बडेकै बेला बिक्री गर्यो भने छोटो समयमा उच्च प्रतिफल लिन सकिन्छ। बर्तमान सन्दर्भमा साधारणतया micro finance कम्पनि हरु short term investment को लागि investor हरुको best choice बन्न सक्छ, किनकी अन्य कम्पनिहरु भन्दा यी कम्पनि हरुको दैनिक share price मा (min. Rs.5-10 per share) तुलनात्मक रुपमा बढी हलचल हुनेगरेको देखिन्छ।

कम्पनि कसरी छनौट गर्ने ?

शेयर बजारमा प्रवेश गर्न खोज्नुमात्रै ठूलो कुराहैन, प्रवेश गर्नुपूर्व र गरिसकेपछी आफू कुन अवस्थामा रहन सकिन्छ र कति सम्म निरन्तरता दिन सकिन्छ भन्ने कुर प्रमुख रहन्छ। यसकोलागी सहि कम्पनि आफ्नो रोजाइमा पार्न सक्नु पहिलो कुरा हो।
सहि कम्पनि छन्ौट गर्दा Short Term Investment को लागि कम्तिमा १८० दिनको सम्बन्धित कम्पनिको minimum, average & maximun share price अन्य कमनी संग तुलना गर्ने र long term investment को लागि कम्तिमा ५२ हप्ताको सम्बन्धित कम्पनिको minimum, average र maximum share price अरुकम्पनिहरु संग तुलना गर्ने। दुबैंको हकमा share price analysis सङ्गसङै उक्त कम्पनिको annual yield, प्रती शेयर आम्दानी (EPS), P/E ratio, Cash dividend & stock dividend र सम्बन्धित कम्पनिको कुल पुजि (matket capitalization) analyse गरेर यी index हरु उत्कृष्ट भएको कम्पनि छन्ौट गर्न सकिन्छ। यी data हरु सम्बन्धित कम्पनिको website, annual report, quqrterly/semi annual financial statement र शेयर कारोबार सम्बन्धी सुचना सम्प्रेषण गर्ने website (merolagani.com, sharesansaar.com, nepalipaisa.com) बाट प्राप्त गर्न सकिन्छ।

Tool for Basic Analysis of Share Market

शेयर बजारमा लगानी गर्दा उचित कम्पनि छनौट गर्नु पुर्व आफूले लगानिगर्ने कम्पनि कत्तिको लगानी योग्य छ या छैन त्यो आकलन गर्न सक्नु पर्छ। यसको लागि कम्पनिको विभिन्न वित्तिय विवरण र तथ्यांक हरुको मूल्यांकन गर्नु जरुरी छ। यहाँ बजार सामान्या अवस्थामा रहेको बेला कम्पनिको विश्लेषण गर्न CAN SLIM रणनिती अवलम्बन गर्न सकिन्छ। यो रणनिती सन् १९५० मा American Stock Research & Education Co. Investor’s Business Daily का founder William O’Nell ले विकाश गरेका हुन्।

1. C: Current Quarterly Earning

यश अन्तर्गत कम्पनिको विश्लेषण गर्दा उक्त कम्पनिको गएको ३ महिनाको विवरणमा आफ्नो आम्दानिमा गतबर्षको स्वोही अवधिको दाँजोमा न्युनतम २५% को वृद्धि गर्न सफल भएको हुनुपर्छ।

2. A: Annual Earning Growth

कम्पनि रोज्दा उक्त कम्पनि वितेको ३-५ बर्षदेखि आफ्नो आम्दानिमा न्युनतम २५% सम्म वृद्धि गर्न सफल भएको होस। यो आम्दानी शेयरले निरन्तर वृद्धि गरेको हुनुपर्छ जसले कम्पनिको Resource Utilization Effective Capacity लाई जनाउँछ।

3. N: New Product or Service

कम्पनि छन्ौट गर्दा उक्त कम्पनिले market को demand अनुसार नयाँ नयाँ product हरु कत्तिको launch गर्न सफल भएको छ त्यो हेर्नूपर्छ। यसले कम्पनिप्रती ग्राहकहरुको आकर्षण वृद्धि र कम्पनिको दीर्घकालीन वृद्धि र स्थाइत्वलाई प्रस्ट्याउँछ।

4. S: Supply & Demand

जुन कम्पनिहरुको शेयर market मा बडि चर्चामा आइरहेका छन्, तुलनात्मक रुपमा ती कम्पनिको शेयर मागपनि विज्ञापनकै प्रभावको कारण बढिजसो देखिन्छ र मूल्यपनि बढेको हुन्छ। त्यस्ता कम्पनिको शेयर आपुर्ती मागको तुलनामा बजारमा थोरैनै देखिन्छ। यस्ता कम्पनिले भविष्यमा राम्रो प्रतिफल दिनसक्ने सम्भावना बोकेका हुन्छन्। यदि मूल्य बढ्दैगर्दा कारोबारपनि बढ्दै गइरहेको छ भने त्यो कम्पनि आफ्नो छन्ौटमा पार्नुपर्छ किनभने यो संकेत भनेको संस्थागत लगानिकर्ताहरुले शेयर खरिद गरिरहेको अवस्था हो।

5. L: Laggard or Leader

कम्पनि छन्ौट गर्दा market मा कत्तिको नेत्रित्वदायी भुमिका खेलेको छ त्योपनि हेर्नूपर्छ। यसकोलागि कम्पनिको Relative Sensitive Index (RSI) हेर्न सकिन्छ। RSI (01-99) को विचमा रहन्छ। 01 ले एकदमै खराव, 99 उत्कृष्ट र यदि 70 भन्दा माथी छभने (bearish trend) र 30 भन्दा माथी छ भने (bullish trend) भन्ने जनाउँछ।

6. I: Institutional Ownership

कम्पनिको विश्लेषण गर्दा उक्त कम्पनिको शेयर pension fund, mutual fund, citizen investment trust तथा अन्य ठुला corporate firm हरुले लगानी गरेका छन् वा छैनन त्योपनि हेर्नू पर्छ। यसरी corporate institutions हरुले लगानी गरेको खण्डमा ति कम्पनिहरुले long term सम्म hold गर्ने भएको हुँदा साधारणतया जोखिम न्यून रहने सम्भावना उच्च रहन्छ। तर यस्ता कम्पनिहरुले शेयर उठाउने बेला भने कम्पनिकै समग्र कारोबारमा हलचल आउने गर्दछ जसले शेयर कारोबारमानै प्रत्यक्ष प्रभाव पार्दछ।

7. M: Market Direction

शेयर कारोबार सधारणतया दुईथरी दिशामा चलिरहेको हुन्छ। यदि कम्पनिको शेयर Bearish trend को दिशामा चलिरहेको छ भने यसले कम्पनिको शेयरको खराव प्रदर्शनलाई जनाउँछ र यदि Bullish trend को दिशामा चलिरहेको छ भने यसले कम्पनिको शेयर कारोबारको सकारात्मक प्रदर्शनलाई जनाउँछ। Bearish कारोबार शेयर परिसुचकमा रातो अंकमा हुन्छ भने Bullish कारोबार हरियो अंकमा हुन्छ।

तसर्थ उल्लेखित यावत आधारभुत ज्ञानहरुलाई मध्यनजर गर्दै शेयर बजारमा उचित कम्पनि छन्ौट गरेर लगानी गर्नसके आफ्नो सुरक्षित लगानीको सुनिस्चितता सङ्गसङ्गै समग्र शेयर बजारलाई सकारात्मक दिसातर्फ धकेल्न सकिन्छ।

स्पार्कस्टादी / शविन शर्मा (शुरज)






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution