युक्रेनको राष्ट्रपति निर्वाचनमा हाँस्य कलाकारको अग्रता !

काठमाडौं । युक्रेनमा भएको राष्ट्रपतिको प्रारम्भिक निर्वाचनमा हाँस्य कलाकारले अग्रता लिएका छन् ।
प्रारम्भिक मत परिणाम अनुसार टेलिभिजन कमेडियन भोलोदिमिर जेलेन्स्कीले अग्रता लिएका हुन् ।
राजनीतिको अनुभव नैं नभएका हास्य कलाकार जेलेन्स्कीले ३० प्रतिशत मत पाएको एक्जीट पोलहरुले देखाएका छन् ।
उनले ३० प्रतिशतभन्दा बढी मत ल्याएका छन् भने वर्तमान राष्ट्रपति पेत्रो पोरोशेन्को १७ प्रतिशत मतका साथ दोस्रो स्थानमा छन् ।
यी दुबै नेता युरोपियन युनियन निकट मानिन्छन् । अब यी दुई नेताहरुबिच दोस्रो चरणको निर्वाचन हुनेछ । राष्ट्रपति निर्वाचनमा ३९ जना प्रतिस्पर्धी थिए ।
यी मध्ये कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि शिर्ष दुई स्थानमा रहेका उम्मेदवारहरुविच अर्को महिना दोस्रो चरणको निर्वाचन हुन लागेको हो ।(एजेन्सी)