एक्कासी चलेको हावाहुरीका कारण बारा र पर्सामा २५ जनाको मृत्यु, ४०० घाइते

वीरगञ्ज । एक्कासी चलेको हावाहुरीका कारण बारामा मात्र २४ जनाको ज्यान गएको छ । बाराका विभिन्न ठाउँमा गरी २४ जनाको मृत्यु भएको बाराका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले पुष्टी गरेका छन् । हामीले २४ डेड बडी कलेक्ट गरेका छौं । उहाँहरुको सनाखत हुन सकेको छैन । बिजुली पोलहरु ढलेर विद्युत सेवा अवरुद्ध भएको छ । अहिले पनि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका साथीहरु मिलेर उद्दार कार्य गरिरहेका छौं ।”
हुरीकै कारण पर्सामा पनि एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ भने बारा र पर्सा दुबै जिल्लामा गरी दर्जनौं घाइते भएका छन् । उनीहरुको विरगन्ज अस्पताल, नारायणी उपक्षेत्रीय अस्पताल र जिल्लाका विभिन्न अन्य अस्पतालहरुमा उपचार भइरहेको डिएसपी शाहीले जानकारी बार्हखरिमा समाचार छ |
हावाहुरीका कारण घर, पर्खाल भत्किनाका साथै बिजुलीका पोलहरु ढलेका छन् ।
त्यसैगरी हावाहुरीका कारण भएको क्षतिप्रति प्रधानमन्त्री केपीशर्मा ओलीले दुख व्यक्त गरेका छन् । उनले ट्वीटरमा लेखेका छन्, “हालसम्म २५ जनाको ज्यान गएको र करीब ४०० घाईते भएको जानकारीमा आएकोछ। मृत्युबरण गर्नेहरूप्रति शोकव्यक्त गर्दछु। र, शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु ।”
“भोली बिहानबाट आवश्यक उद्दार र राहतका लागि हेलिकप्टर तयारी अवस्थामा राखिएको छ । मौसमले साथ दिएमा तत्काल उद्दार गर्न काठमाडौंको एयर बसमा “नाईट भिजन” हेलिकप्टर तयारी अवस्थामा राखिएको छ। सुरक्षाकर्मी संगै उद्दारमा संलग्न रहन म, सिंगो पार्टी पंक्तिलाई आह्वान गर्दछु। “, प्रधानमन्त्रीको ट्वीवटमा लेखिएको छ ।