नेवा:खल इजरायलको आठौ अधिबेसन साथै विश्व नेवा दिवस सम्पन्न
तेलअविव – नेवा:खल इजरायलको ८ औ अधिबेशनले तीन जना संरक्षक तीन जना सल्लाहकार र १७ सदस्य कार्यसमिति चयन संगै बिस्व नेवा दिवस २९ मार्च २०१९ शुक्रबार नेपाल आदिवासी जनजाती महासंघ इजरायलको कार्यालयमा भव्यरुपमा हालै समपन्न गरेको छ |
रोजगारीको शिलशिलामा इजरायलमा रहेका नेवारहरूको संस्था नेवा:खल इजरायलले नयाँ अनुहारका साथमा फेरबदल गर्दै नयाँ नेतृत्व चयन गरेको छ । संस्थाले आफ्नो स्थापनाको ९ बर्ष पुगेको अवसरमा विशेष सभाको आयोजना गरी ८ औ अधिवेशन सम्पन्न गरेको उक्त पहिलो चरणको कार्यक्रमको सभापति नेवा:खल इजरायलकी अध्यक्ष रेखा श्रेष्ठ , प्रमुख अतिथिमा नेपाल आदिवासी जनजाती महासंघ इजरायलका अध्यक्ष नरेश कुमार श्रेष्ठ रहेको कार्यक्रमको बिशेष अतिथि गैर आवासीय नेपाली संघ इजरायलका महासचिब तेन्जिन शेर्पा रहेका थिए |
पहिलो चरणको कार्यक्रमको उदघाटन सभापति नेवा:खल इजरायलकी अध्यक्ष रेखा श्रेष्ठ , प्रमुख अतिथि नेआज महासंघका अध्यक्ष नरेश कुमार श्रेष्ठ र बिशेष अतिथि गैर आवासीय नेपाली संघ इजरायलका महासचिब तेन्जिन शेर्पाबाट संयुक्त रुपमा पानसमा दिप प्रज्योलनका साथै केक काटेर कार्यक्रमको औपचारिक रुपमा उदघाटन गरिएको थियो |
कार्यक्रम उदघाटन लगतै राष्ट्रिय गान संगै उपस्थित अतिथिहरुलाई नेवा:खल इजरायलकी बरिष्ठ उपाअध्यक्ष शुनिता श्रेष्ठले स्वागत गरेका थिए |
शुभकामना मन्तब्य प्रमुख अतिथि, बिशेष अतिथि र अन्तरास्ट्रिय तामाङ परिषदका उपाध्यक्ष बीबी लामा तामाङले नेवा दिवसको शुभकामना राखेका थिए |
कार्यक्रमको अन्त्यमा सभापति नेवा:खल इजरायलकी अध्यक्ष रेखा श्रेष्ठले बिस्व नेवा दिवशको शुभकामना साथै उपस्तित सम्पूर्णलाई धन्याबाद दिदै कार्यक्रम समापन संगै १८/ १९ को कार्यसमिति भंग भएको घोषणा संगै दोस्रो चरणको कार्यक्रम सुरु भएको थियो |भने पहिलो चरणको कार्यक्रमको संचालन नेवा:खालकी महासचिब मनु श्रेष्ठले संचालन गरेकी थिईन |
दोस्रो चरणको कार्यक्रम
५ सदस्य निर्बाचन समितिको संयोजकमा NRNA इजरायलका महासचिब तेन्जिन शेर्पा,सदस्यहरुमा KYC इजरायलकी अध्यक्ष गीता तुम्हाफे, तमु समाज इजरायलकी अध्यक्ष आशमाया तमुस्य, हेल्मो समाज इजरायलकी अध्यक्ष पेमा डोल्मा ह्योल्मो र नेपाल मगर संघ इजरायलकी अध्यक्ष लिला थापा रहेका थिए |
परिप्रबेक्षकमा शेर्पा संघ इजरायलकी उपाध्यक्ष लमु शेर्पा, राई यायोखा इजरायलकी महासचिब इन्दु कोयु राई श्रेष्ठ र नेपाल तामाङ घेदुङ इजरायलकी उपाध्यक्ष सारा लामा रहेका थिए |
यस संगै नेवा:खल इजरायलले नयाँ कार्यसमिति चयन गरेको छ । संस्थाको अधिवेशन मार्फत मनु श्रेष्ठको अध्यक्षतामा १७ सदस्यिय नयाँ कार्यसमिति चयन भएको हो । समितिको बरिष्ठउपाध्यक्षमा शुनिता श्रेष्ठ,उपाध्यक्षहरुमा शंकर श्रेष्ठ र उषा श्रेष्ठ , महासचिव बिमला श्रेष्ठ,सचिब स्वस्तिका श्रेष्ठ ,कोषाध्यक्ष कुशुम श्रेष्ठ, सह कोषाध्यक्ष राम प्रधान,कार्यसमिति सदस्यहरुमा शान्ता श्रेष्ठ, गोमा श्रेष्ठ, राजु श्रेष्ठ , ज्योती प्रधान, टंक श्रेष्ठ , माया श्रेष्ठ , लक्ष्मी बहादुर श्रेष्ठ, राज कुमारी श्रेष्ठ र मीरा थापा श्रेष्ठ , साधारण सदस्य तर्फ माया श्रेष्ठ, अरुना श्रेष्ठ, ललिता श्रेष्ठ , शोभा श्रेष्ठ, खड्क श्रेष्ठ , नीरू महर्जन र दुर्गा दिब्या श्रेष्ठ रहेकी छिन |
त्यसै गरी संरक्षकमा आरोह श्रेष्ठ, पुष्प श्रेष्ठ र नरेश कुमार श्रेष्ठलाई चयन गरेको छ भने सल्लाहकारहरुमा श्याम श्रेष्ठ , राजेन्द्र श्रेष्ठ र कादम्बरी दाना श्रेष्ठलाई चयन गरिएको छ |
निर्बाचित कार्यसमितिलाई निर्बाचन समितिका संयोजक तेन्जिन शेर्पाले नेपाल भाषामै सपथ ग्रहण गराएका थिए |
नेवा:खल इजरायलले जातिय पहिचान हाम्रो आधार भन्ने मुलनाराका साथ आफ्नो धर्म, संस्कृति तथा रितिरिवाजका साथै आफ्नो पहिचान बचाई राख्नका लागि पनि आफुहरु एकजुट भएर अगडि बढ्ने अध्यक्ष श्रेष्ठले बताए । आफ्नो कामको बाबजुत पनि प्रवासमा रहेर विभिन्न सामाजिक कार्यहरु गर्दै आएको नेवा: खल इजरायलले नयाँ नेतृत्व लिए संगै अझ सक्रिय रुपले नेवारहरु आगाडी बढ्ने बताए ।
श्रोत-बिबिसीइ न्युज