हेडलाईन

बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै        

उत्तर अमेरिका तामाङ समाज द्वारा ५० हजार डलर इमर्जेन्सी फन्ड सन्कलन

अमेरिका – उत्तर अमेरिका तामाङ समाजका अध्यक्ष लक्यान लामा तामाङको अध्यक्षातामा कन्फरेन्स् कल बैठक मार्फत विभिन्न निर्णयहरुको साथमा सम्पन्न गरेको छ | 

उत्तर अमेरिका तामाङ समाज द्वारा ५० हजार डलर इमर्जेन्सी फन्ड सन्कलन गर्न सफल भएको छ |

संस्थाले परिकल्पना गरि ५० हजार डलरको TSNA Emergency Fund -2018 संकलन गरेकोमा फण्ड सोचे भन्दा छिटै र सबैको उत्साहजनक सहभागितामा कोष बनाउन सफल भएकोमा कोष संकलनमा सहयोग पुर्याउनु हुने सम्पुर्णलाई धन्यवाद प्रकट गरेको छ | साथै कोषको रकम संकलन जारी राख्ने र ५० हजार डलर भन्दा बढि संकलित रकम शिक्षाका लागि खर्च गर्ने गरि शिक्षा कोष निर्देशिका बनाएर शिक्षा कोषमा जम्मा गर्ने निर्णय गरेको छ |

TSNA Emergency Fund -2018 को संचालन कार्यविधी निर्देशिका तयार पार्न लक्यान लामा तामाङको अध्यक्षतामा उपाध्यक्ष मोहन वाईवा, महासचिव डोल्मा लामा, मिडिया कोअर्डिन्टर निमा पाख्रिन, सदस्य सुर्य मोक्तान र आवश्यकतानुसार सल्हाकारहरुलाई समेत समाहित गरि निर्देशिका तयार पार्ने ज़िम्मेवारी दिने निर्णय गरेको छ |  निर्देशिकालाई कार्यसमितिले अनुमोदन गरि बार्षिक साधारण सभामा पेश गर्ने र सभाबाट पारित भएपछि मात्र कोषको रकम संचालन गर्नेभएको छ |

 

बैठक द्वारा संस्थाको १७ औ बार्षिक उत्सव तामाङ सोसाईटी अफ न्युयोर्क संग आवश्यक छलफल गरि मनाउन उपाध्यक्ष मोहन वाईबा लाई संयोजकको जिम्मेवारी प्रदान गरेको छ | 

संस्थाको बार्षिक साधारण सभा लेवर डे (Labor Day) अगस्ट  ३१ मा उद्घाटन  र सेप्टेम्बर १ मा समापन गर्ने गरि दुई दिने कार्यक्रम सहित पर्यटकिय शहर सान फ्रानसिस्कोमा गर्ने भएको छ। सम्पुर्ण व्यवस्थापनका लागि संस्थाको वरीष्ठ उपाध्यक्ष सेर लामालाई संयोजक तोकिएको छ |संयोजकले तामाङ कोअपरेशन सोसाईटी अफ क्यालिफोर्नियासंग छलफल गरि आवश्यक भए बमोजिमको व्यवस्थापन गर्नु ज़िम्मेवारी प्रदान गरिएको छ | साधारण सभाको व्यवस्थापनमा तामाङ कोअपरेशन सोसाईटी अफ क्यालिफोर्निया संस्था रहने निर्णय गरेको छ |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution