शिवम् सिमेन्टका शेयरधनीलाई सुरुको १० दिन भित्रै १५.७८% नगद लाभांस

काठमाडौं। प्राथमिक शेयर निष्कासन गरेको शिवम् सिमेन्टले १५.७८ प्रतिशत नगद लाभांस दिने घोषणा गरेको छ। बुधबार बसेको सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको ४ अर्ब ४० करोड रुपैयाँका लागि नै नगद लाभांस दिने घोषणा गरेको हो।
अघिल्लो साताको मंगलबार सूचिकृत भएको कम्पनीले ६९ करोड ४७ लाख ३८ हजार रुपैयाँ नगद लाभांस दिने भएको हो। कम्पनीले गत फागुन १४ गतेदेखि सर्वसाधारणको लागि प्रति कित्ता ३०० रुपैयाँको दरमा प्राथमिक शेयर निष्काशन गरेको थियो।
कम्पनीले प्रभावित र सर्वसाधारण सहित ४६ लाख ९९ हजार ६४० कित्ता प्राथमिक शेयर निष्काशन गरेको थियो। सार्वजनिक शेयर निष्काशन गर्दा सर्वसाधारणले न्युनतम ५० कित्तादेखि ५ हजार २२० कित्तासम्मको आवदेन दिनेले मागेजति सबैले शेयर पाएका थिए।
दोस्रो बजारमा धेरै समयपछि उत्पादनमूलक क्षेत्रका रुपमा शिवम् सिमेन्टले शेयर निष्काशन गरेको हो। कम्पनीको शेयर दोस्रो बजारमा सूचिकृत भएसँगै सुरुका दिनमा घट्ने क्रममा सर्किट लागेको थियो। हिजोको कारोबारबाट कम्पनीको बजार मूल्य ३४० रुपैयाँ कायम भएको थियो। बिजमांडूबाट |